बुधबार, चैत्र २० २०८१

बुधबार, चैत्र २० २०८१

सांसद पराजुलीको प्रश्नः संसद कसरी चलाउने सरकारले सिकाउने हो कि सभामुखले स्वविवेक प्रयोग गर्ने ?

सांसद पराजुलीको प्रश्नः संसद कसरी चलाउने सरकारले सिकाउने हो कि सभामुखले स्वविवेक प्रयोग गर्ने ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले संसद बैठक संसदको नियमावलीअनुसार नचलेको टिप्पणी गरेका छन् ।

मंगलबार प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् । उनले सरकारले नियमापत्ति गर्दा संसद नियमावलीको व्यवस्थाअनुसार गर्नुपर्नेमा त्यस्तो नगरेको आरोप लगाए ।

यसअघि सत्तारुढ दल नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलालले नियमापत्ति जनाएका थिए । पराजुलीलेले सरकारले दुई तिहाईको धाक लगाउदै संसदलाई पेल्न खोजेको आरोप लगाए ।

उनले संसद कसरी चलाउने भनेर सरकारले सिकाउने हो कि सभामुखले स्वविवेक प्रयोग गर्ने हो सभामुख महोदय ? भन्दै प्रश्न समेत गरे ।

उनले भने, ‘सरकार पक्षको यो पेलाई कस्तो हो ? गरिमामय संसद प्रक्रियाको लागि हामीसँग नियमावली छ । आकस्मिक समय, शुन्य समय र विषेश समयको व्यवस्था गर्ने अधिकार सभामुखकै हो । तर सरकारले जसरी जतिबेल मन लाग्यो त्यही बेला पेलान गर्न पाइन्छ ? नियमापत्ति गर्दा विषयवस्तुमा नियमापत्ति गर्नुपर्ने हो कि भाषण सुनाउने हो ? प्रतिपक्षीलाई दुई तिहाईको धाक दिने हा सम्माननीय सभामुख महोदय ? संसद कसरी चलाउने भनेर सरकारले सिकाउने हो कि सभामुखले स्वविवेक प्रयोग गर्ने हो सभामुख महोदय ? हाम्रो यसमा घोर आपत्ति छ घोर विरोध छ ।’

सदन सञ्चालनमा सरकारले हस्तक्षेप गरे स्वीकार्य नहुने उजको भनाइ छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend