२०८३, आषाढ १२ गते

शुक्रवार, आषाढ १२ गते २०८३

जंगलभित्रका जनावरहरुलाई जंगलभित्रै बाँच्नसक्ने वातावरण मिलाउन सरकारसँग माग

मंगलवार , माघ २९, २०८१

काठमाडौं । नेपाली कांग्रेसकी सांसद अञ्जनी श्रेष्ठले जंगली जनावरहरु गाउँबस्तीमा छिर्दा नागरिकहरुलाई सुरक्षा खतरा भएको भन्दै समाधान गर्न सरकारँग माग गरेकी छन् ।

मंगलबार प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै उनले यस्तो माग गरेकी हुन् । उनले जंगली जनावरहरु गाउँबस्तीमा छिर्दा चितवनको निकुञ्ज वरपरका नागरिकको जिउज्यान जोखिममा रहेको बताइन् ।

उनले जंगलभित्रका जनावरहरुलाई जंगलभित्रै बाँच्नसक्ने वातावरण मिलाउन समेत माग गरिन् ।

उनले भनिन्, ‘चितवन जिल्लाको निकुञ्ज वरपरका नागरिकको जिउज्यनको जोखिम बढ्दै गइरहेको छ । बाघ, गैँडा र शात्तिजस्ता जनावरहरु सधैंजसो गाउँबस्तीमा हिँड्दा गाउँका मान्छेहरु असुरिक्षत महशुस गरिरहेका छन् ।

जंगलभित्रै ति जनावरहरु बाँच्ने व्यवस्था मिलाउनुपर्ने हो कि, जनावरको संख्या वृद्धि भएर हो कि, जनावरहरुका लागि जंगलमा खाद्य अभाव भएर हो । यसका लागि के गर्नुपर्ने हो अविलम्व समाधानको उपाय गरियोस् ।’

उनले जंगलभित्रका जनावरहरुलाई जंगलभित्रै खाद्यान्नको व्यवस्थापन गर्नुपर्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट