
काठमाडौं । प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । प्रतिपक्षी दलको अवरोधपछि बैठक स्थगित भएको हो ।
संसद् नियमावली अनुसार नचलेको भन्दै उनीहरूले उठेर विरोध गरेका हुन् ।
नेपाली कांग्रेसका सांसद रामहरि खतिवडालाई बोल्न दिएकोप्रति आपत्ति जनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा माओवादी केन्द्रले आपत्ति जनाउँदै बैठक अवरोध गरेका थिए । सांसद खतिवडाले बोलेको अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्ने माग प्रतिपक्षीले राखेका थिए ।
उपसभामुख इन्दिरा राना मगरले आकस्मिक समय दिन बिर्सिएकाले खतिवडालाई बोल्न दिइएको बताएकी थिइन् ।
प्रतिपक्षी दलले अवरोध जारी राखेपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरे ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend