२०८३, आषाढ १२ गते

शुक्रवार, आषाढ १२ गते २०८३

प्रतिनिधिसभा प्रतिपक्षी दलको अवरोध, १५ मिनेटका लागि बैठक स्थगित

मंगलवार , माघ २९, २०८१

काठमाडौं । प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । प्रतिपक्षी दलको अवरोधपछि बैठक स्थगित भएको हो ।

संसद् नियमावली अनुसार नचलेको भन्दै उनीहरूले उठेर विरोध गरेका हुन् ।

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडालाई बोल्न दिएकोप्रति आपत्ति जनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा माओवादी केन्द्रले आपत्ति जनाउँदै बैठक अवरोध गरेका थिए । सांसद खतिवडाले बोलेको अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्ने माग प्रतिपक्षीले राखेका थिए ।

उपसभामुख इन्दिरा राना मगरले आकस्मिक समय दिन बिर्सिएकाले खतिवडालाई बोल्न दिइएको बताएकी थिइन् ।

प्रतिपक्षी दलले अवरोध जारी राखेपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरे ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट