
काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्यालेस्टिनी समूह हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि भइरहेको पहलबारे संसदलाई जानकारी गराउन सरकारसँग माग गरेका छन् ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा बोलदै उनले यस्तो माग गरेका हुन् । उनले बाहिर जोशी जीवितै रहेको सुनिने गरेपनि सरकारले औपचारिक जानकारी नदिएको बताए । उनले जोशीको रिहाइको लागि सरकारले के प्रयत्न गरिरहेको छ ? भन्दै प्रश्न समेत गरे ।
उनले भने, ‘इजरायल र हमासको बीचमा जुन द्वन्द्व भयो त्यसबाट पचासौँ हजार मान्छे मरे । दुईपक्षबीच शान्ती सम्झौता भएपछि कयौं देशका गिरफ्तारीमा परेका नागरिक रिहाइ भए । तर कञ्चनपुरका विपिन जोशी को अत्तोपत्तो छैन । यसबारे सरकारले संसदलाई जानकारी गराउनु पर्दैन ? बाहिर बाहिर सुनिन्छ ,उहाँ जिउँदै हुनुहुन्छ भन्ने ।
सरकारले जिउँदै हुनुहुन्छ भनेर मात्र जिम्मेवारी पूरा हुन्न । सरकारले उहाँको रिहाईको लागि सरकारले के प्रयत्न गरिरहेको छ रु कस्तो संघर्ष गरिरहेको छ । यो संसदलाई जानकारी होस् ।’
७ अक्टोबर २०२३ मा इजरायल गाजासीमा क्षेत्रमा हमास समूहले आक्रमण गर्दा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो । उक्त आक्रमणमा परी ४ जना घाइते भएका थिए । भने जोशीलाई हमास समूहले नियन्त्रणमा लिएर गाजातर्फ लगेको थियो । उनको अवस्था अझै अज्ञात छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend