२०८३, आषाढ १२ गते

शुक्रवार, आषाढ १२ गते २०८३

आगामी निर्वाचनसम्म कुल ५०१ स्थानीय तह बनाऔँ : सांसद घिमिरे

मंगलवार , माघ २९, २०८१

काठमाडौं । नेकपा एमाले सांसद वासुदेव घिमिरेले स्थानीय तहको पुनःसंरचना आवश्यक भएको बताएका छन् ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उनले नेपालको संघीय संरचनालाई थप प्रभावकारी र आर्थिक रुपमा व्यवहारिक बनाउन स्थानीय तहको पुनःसंरचना आवश्यक रहेको बताएका हुन् । उनले हालको अवस्थामा कुल ७५३ स्थानीय तहहरु रहेको भन्दै यसले राज्यलाई ठूलो आथिक भार परेको बताए ।

आगामी निर्वाचनसम्म कुल ५०१ स्थानीय तहको प्रस्ताव कार्यान्वयन गर्नसके वार्षिक झन्डै ३० अर्बसम्मको व्ययभार कटौती गर्न सकिने बताए ।

प्रस्तावित संरचनाअनुसार महानगरपालिकाको संख्या १०, उपमहानगरपालिकाको १५, नगरपालिका २२५, गाउँपालिका २५१ गरी ५०१ वटाको संरचना निर्माण गर्न जरुरी रहेको बताए ।

उनले भने, ‘नेपालको संघीय संरचनालाई थप प्रभावकारी र आर्थिक रुपमा व्यवहारिक बनाउन स्थानीय तहको पुनःसंरचना आवश्यक देखिन्छ । हालको अवस्थामा कुल ७५३ स्थानीय तहहरु छन् । जसले राज्यलाई ठूलो आर्थिक भार पारेको छ । आगामी निर्वाचनसम्म कुल ५०१ स्थानीय तहको प्रश्ताव कार्यान्वयन गर्नसके वार्षिक झन्डै ३० अर्बसम्मको व्ययभार कटौती गर्न सकिन्छ ।

प्रस्तावित संरचनाअनुसार महानगरपालिकाको संख्या १०, उपमहानगरपालिकाको १५, नगरपालिका २२५, गाउँपालिका २५१ गरी ५०१ वटाको संरचना निर्माण गर्न जरुरी छ । हालको संघीय संरचनाभित्रै रहेर यो परिवर्तन सम्भव छ ।’

उनले हालको संघीय संरचनाभित्रै रहेर यो परिवर्तन सम्भव रहेको बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट