
काठमाडौं । नेकपा एमाले सांसद वासुदेव घिमिरेले स्थानीय तहको पुनःसंरचना आवश्यक भएको बताएका छन् ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उनले नेपालको संघीय संरचनालाई थप प्रभावकारी र आर्थिक रुपमा व्यवहारिक बनाउन स्थानीय तहको पुनःसंरचना आवश्यक रहेको बताएका हुन् । उनले हालको अवस्थामा कुल ७५३ स्थानीय तहहरु रहेको भन्दै यसले राज्यलाई ठूलो आथिक भार परेको बताए ।
आगामी निर्वाचनसम्म कुल ५०१ स्थानीय तहको प्रस्ताव कार्यान्वयन गर्नसके वार्षिक झन्डै ३० अर्बसम्मको व्ययभार कटौती गर्न सकिने बताए ।
प्रस्तावित संरचनाअनुसार महानगरपालिकाको संख्या १०, उपमहानगरपालिकाको १५, नगरपालिका २२५, गाउँपालिका २५१ गरी ५०१ वटाको संरचना निर्माण गर्न जरुरी रहेको बताए ।
उनले भने, ‘नेपालको संघीय संरचनालाई थप प्रभावकारी र आर्थिक रुपमा व्यवहारिक बनाउन स्थानीय तहको पुनःसंरचना आवश्यक देखिन्छ । हालको अवस्थामा कुल ७५३ स्थानीय तहहरु छन् । जसले राज्यलाई ठूलो आर्थिक भार पारेको छ । आगामी निर्वाचनसम्म कुल ५०१ स्थानीय तहको प्रश्ताव कार्यान्वयन गर्नसके वार्षिक झन्डै ३० अर्बसम्मको व्ययभार कटौती गर्न सकिन्छ ।
प्रस्तावित संरचनाअनुसार महानगरपालिकाको संख्या १०, उपमहानगरपालिकाको १५, नगरपालिका २२५, गाउँपालिका २५१ गरी ५०१ वटाको संरचना निर्माण गर्न जरुरी छ । हालको संघीय संरचनाभित्रै रहेर यो परिवर्तन सम्भव छ ।’
उनले हालको संघीय संरचनाभित्रै रहेर यो परिवर्तन सम्भव रहेको बताए ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend