२०८३, आषाढ १२ गते

शुक्रवार, आषाढ १२ गते २०८३

अब एउटा देशको, अर्को केपी ओली सरकारको भनेर दुई वटा कानून बनाऔँ : सांसद शाही

मंगलवार , माघ २९, २०८१

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक सांसद ज्ञानबहादुर शाहीले एउटा नेपालको र अर्को प्रधानमन्त्री केपी शर्मा ओलीको भनेर कानून निर्माण गर्नुपर्ने टिप्पणी गरेका छन् ।

मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले एउटा कानूनले फरक फरक व्यवहार हुने गरेको भन्दै अब दुई वटा कानून बनाउन जरुरी देखिएको बताए । उनले ओली सरकारको ट्याग लाग्यो भने बलात्कार गरे पनि यो देशमा खुलमखुला हिँड्न पाइन्छ भन्नेकुरा प्रमाणित भएको बताए ।

उनले बोलेकै आधारमा सर्वसाधारण जनतालाई लगेर थुन्ने गरिएकोप्रति आपत्ति जनाए ।

उनले भने, ‘म अनुरोध गर्न चाहन्छु, कानून दुई वटा बनउनुस् अब । एउटा ओली सरकारको कानून, ओली सरकारको ट्याग लाग्यो भने बलात्कार गरेपनि यो देशमा खुलमखुला हिँड्न पाइन्छ । एउटा नेपालको कानून बनाऔँ । जो सर्वसाधारण जनतालाई लगेर थुन्न पाइन्छ । बोलेकै आधारमा कुट्न पाइन्छ ।

माननीय मन्त्री जस्तो पदमा बसेका अहिले मन्त्रीले आईजीपीको जिब्रो थुत्छु भन्दा मन्त्री पद भिराएर गल्ली गल्लीमा हिँडाइन्छ, यही हो विधिको शासन ?’

उनले मन्त्री जस्तो पदमा बसेका व्यक्तिले आईजीपीको जिब्रो थुत्छु भन्दा मन्त्री पद भिराएर हिँडाउने गरेको भन्दै असन्तुष्टि जनाए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट