बुधबार, चैत्र २० २०८१

बुधबार, चैत्र २० २०८१

वर्षौंसम्म जेल बसेर बाहिर आएका नेताहरुको दरबार कसरी बन्यो, छानबिन गरौँ : सांसद झा

वर्षौंसम्म जेल बसेर बाहिर आएका नेताहरुको दरबार कसरी बन्यो, छानबिन गरौँ : सांसद झा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले सबै राजनीतिक दलका नेताहरुको सम्पती शुद्धीकरण गर्नुपर्ने बताएका छन् ।

मंगलबार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै उनले यस्तो बताएका हुन् । बहुदलीय व्यवस्था ल्याउनुमा शीर्ष राजनीतिक दलका नेताहरुको योगदान रहेपनि त्यसको फाइदा उठाएर अकुत सम्पती आर्जन गरेको आरोप लगाए ।

उनले वर्षौंसम्म जेल बसेर बाहिर आएका नेताहरुको दरबार कसरी बन्यो ? भन्दै प्रश्न समेत गरे । उनले आफूहरु जुनसुकै अनुसन्धानका लागि तयार भएपनि सबैतिर सुशासन कायम गर्नुपर्ने बताए ।

उनले भने, ‘हामी आज निर्दलीय व्यवस्थाबाट बहुदलीय आउँदै गर्दा उहाँहरुको योगदान छ । त्यसप्रति सम्मान छ । तर वर्षौंसम्म जेल बसेर बाहिर आउँदा एकैचाटि दरबार कसरी बन्यो ? व्यापार कहाँ गरियो ? व्यवसाय त कुनैपनि थिएन । जेल बसेर बाहिर आएको केही महिनामै नेताहरुको दरबार बन्न थाल्यो यहाँ । त्यसको छानबिन गर्नुपर्दैन ? हाम्रो नगर भनेकै छैनौं हामीले तर सुशासनको अभ्यास सबैतिर गरौं ।

होइन नगर्ने भए केही दिनको लागि सदन रोकौं । अर्को अध्यादेश ल्याइदिनुस् कृपया । त्यो अध्यादेश के होस् भने –अमुख अमुख पार्टीमो तद् तद् नेताको कहिले पनि हुँदैन, आजीवन हुँदैन । त्यसमा कसैले आवाज उठाउन पाउँदैन किनकि उहाँहरु जेल बस्नुभएको छ ।’

संसद संख्याको आधारमा नभई सिद्धान्तको आधारमा चल्ने उल्लेख गर्दै संख्याको धाक नलगाउन समेत सत्तापक्षको ध्यानाकर्षण गराए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend