बुधबार, चैत्र २० २०८१

बुधबार, चैत्र २० २०८१

अध्यादेशबारे अध्ययन गरेर बोलौँ, होइन भने बहस गर्न आउनुस्, हामी बुझाउँछौँ : मन्त्री अधिकारी

अध्यादेशबारे अध्ययन गरेर बोलौँ, होइन भने बहस गर्न आउनुस्, हामी बुझाउँछौँ : मन्त्री अधिकारी

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवरणमन्त्री बलराम अधिकारीले अध्यादेशको बारेमा अध्ययन गरेर मात्रै बोल्न चेतावनी दिएका छन् ।

बुधबार नेपाल निजामती कर्मचारी संगठनको १२ औ महाधिवेशन समारोहलाई सम्बोधन गर्दै उजले यस्तो बताएका हुन् । उनले भूमि सम्बन्धी अहिले विधिन्न भ्रम फैल्याइएको बताए । उनले बुझ्दै नबुझि, हेर्दै नहेरी अध्यादेशलाई खण्डन गर्ने काम भएको भन्दै आपत्ति जनाए ।

उनले पहिला अध्यादेशमा के छ भन्नेकुरा पढ्न र बाहिर बोल्न नेता र कानूनविद्हरुलाई आग्रह गरे । अध्यादेशले कुनै हानी नगर्ने भन्दै अध्यादेशको बारेमा बहस गर्न पनि आफू तयार रहेको बताए । उनले अध्यादेशहरु संसदबाट पारित हुने पनि दाबी गरे ।

उनले भने, ‘भूमि सम्बन्धी अहिले विविधखाले हल्लाहरु गरिएको छ । हाम्रो देशको सन्दर्भमा धेरैखाले भूमिका अवस्थाहरु छन् । कतिपय बुझ्दै नबुझि, हेर्दै नहेरी अध्यादेशलाई खण्डन गर्ने काम गरिएको छ । मैले कानूनविद्हरुलाई पनि भनेँ, राजनीतिक नेताहरुलाई पनि भनेको छु । पहिला अध्यादेशमा के छ ? पढ्नुपर्यो । त्यसपछि बल्ल बाहिर बोल्नुपर्यो । होइन भने हामीसँग बहस गर्नुपर्यो ।

हामी बहस गर्न तयार छौँ । र यि अध्यादेशहरु पास हुनेछन् । नोपली जनताका समस्याहरु समाधान गर्न र कर्मचारीका समस्या समाधान गर्दै कर्मचारी संगठनले लिएका उद्देश्य र लक्ष्यहरु यहाँहरुको बानी, व्यवहार, शैली, काम गराईले प्रमाणित गरेर भोलिका दिनमा अझ व्यवस्थित, सशक्त र यो देशले चाहेको निजामति कर्मचारी संगठनको कामले प्रमाणित गरेर देखाउनु हुनेछ ।’

मन्त्री अधिकारीले सहकारीप्रति गलत भाष्य सिर्जना गरिएको बताए । उनले सहकारीले राज्यका समस्या हल गर्ने र जनताको जीविकोपार्जनको सुनिश्चितता गर्दछ र आर्थिक समृद्धितर्फ जान र रोजीरोटी बिस्तार गर्न सहकारीले काम गरेको छ भनेर प्रचार गर्न जरुरी रहेको बताए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend