२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

खुम्बु क्षेत्रको उडान अवरोधले पर्यटन क्षेत्र धरासायी, उडान नरोक्न आग्रह

बिहिवार , फाल्गुण १, २०८१

काठमाडौं । सरोकारवालाहरूले खुम्बु क्षेत्रमा उडान अवरोधले पर्यटन क्षेत्र नै धरासायी भएको भन्दै चिन्ता जनाएका छन् ।

पर्यटन क्षेत्रमा काम गर्दै आएका संस्थाले संयुक्त विज्ञप्ति जारी गर्दै उडान नरोक्न आग्रह गरेका हुन् ।

वायुसेवा सञ्चालक संघ, एक्सपिडियसन अपरेटर्स एसोसिएसन, होटेल संघ, उद्योग परिसंघ, नेपाल पर्वतारोहण संघ, ट्रेकिङ एजेन्सिज एसोसिएसन र नेपाल एसोसियन टुर एन्ड ट्राभल एजेन्ट्स्ले संयुक्त विज्ञप्ति जारी गर्दै वार्ताको माध्यमबाट समस्या समाधान गर्न माग गरेका छन् ।

खुम्बु पासाङल्हामु गाउँपालिका, स्थानीय युवा समूहलगायत अन्य संघ–संस्थाले पुस १७ देखि खुम्बु क्षेत्रमा हेलिकोप्टर उडानमा रोक लगाएका थिए ।

सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा उडान तथा अवतरणका कारण निकुञ्जको वन, वातावरण तथा वन्यजन्तुको सुरक्षा तथा वासस्थान संरक्षणमा चुनौती थपिएको भन्दै उडान रोकेका थिए ।

उडानमा लगाएको प्रतिबन्ध पटक–पटक वार्ता गर्दा पनि कुनै निक्र्योलमा पुग्न सकेको छैन ।

No description available.

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट