शुक्रबार, चैत्र १ २०८१

शुक्रबार, चैत्र १ २०८१

पार्टीभित्र रहेको गुटवाद र व्यक्तिवाद समस्या रुपान्तरण अभियानबाट हल गर्छौँ : नारायणकाजी श्रेष्ठ

पार्टीभित्र रहेको गुटवाद र व्यक्तिवाद समस्या रुपान्तरण अभियानबाट हल गर्छौँ : नारायणकाजी श्रेष्ठ

चितवन । नेकपा माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टीभित्र रहेको गुटवाद र व्यक्तिवादका समस्या रुपान्तरण अभियानबाट हल गर्ने बताएका छन् ।

शुक्रबार चितवनमा प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति चितवनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा श्रेष्ठले पार्टीभित्र गुटवाद र व्यक्तिवादको समस्या रहेको स्वीकार गर्दै त्यसलाई रुपान्तरण अभियानबाट हल गर्ने बताएका हुन् ।

अहिले नै पार्टीभित्रको समस्या पुरै हल भईनसकेको उनले बताए । श्रेष्ठले अध्यक्ष प्रचण्डले चालेका अभियानमा ब्रेक नलाग्ने भन्दै प्रचण्डको नेतृत्वमा नै पार्टीलाई रुपान्तरण र पुनगर्ठन गर्न एकतावद्ध ढंगले अघि बढाउने धारणा राखे ।

उनले माओवादीलाई बलियो पार्टी बनाउँदै देशको आर्थिक समृद्धि र विकासको प्रक्रियालाई फड्कोमा पुर्याइ छाड्ने उल्लेख गरे ।

श्रेष्ठले सरकारको गतिविधि सबैलाई जगजाहेर भएकाले भन्दै सरकारको टिप्पणी गरेर शव्द खेर नफाल्ने बताए ।

उनले भरतपुरको बिकास क्रान्तिकारी ढंगले भएको भन्दै भरतपुर महानगरकी प्रमुख रेनु दाहालको प्रसंसा गरे ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend