२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

द क्लिफमा ‘ट्यान्डम बन्जी’ र ‘मेगाट्रोल’ सुरु, फेब्रुअरी भरी छुटैछुट

शुक्रवार , फाल्गुण २, २०८१

काठमाडौँ । पर्यटकहरुका लागि समय समयमा नयाँ एड्भेन्चर पस्किरहेको द क्लिफले भ्यालेन्टाइन्स डेको अवसरमा ट्यान्डम (दुई जनासँगै खेल्न मिल्ने) बन्जी र विश्वकै लामो तथा अग्लो मेगाट्रोल सञ्चालनमा ल्याएको छ ।

साथै प्रेमिल महीना फेब्रुअरी भरी एड्भेन्चर तर्फ ट्याण्डम स्विङ, स्काइ साइकल, स्काइ क्याफे र रिसोर्ट तर्फ कटेज रुममा २० प्रतिशत छुट उपलब्ध भएको जनाइएको छ ।

स्वीङ गर्दा जोडीलेसँगै खेल्ने सुविधा पहिले नै भए पनि बन्जीमा भने नयाँ सुरुवात गरिएको द क्लिफका अध्यक्ष राजु कार्कीले बताए । ‘अब पर्यटकहरुले आफूले चाहेको व्यक्तिसँग अङ्गालो मारेर बन्जी गर्न सक्नुहुन्छ’, कार्की थप्छन्, ‘यसले डर कम गराइ आत्मविश्वास बढाउने र थप आत्मीय अनुभव गराउनेछ ।’

ट्यान्डम बन्जी खेल्न १३ हजार ५ सय रुपैयाँ शुल्क तोकिएको छ । फोटो भिडियो र २ वटा बन्जी टिसर्टको थप २ हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ ।

दुई सय ५५ मिटर अग्लो मेगाट्रोलको लम्बाइ १२ सय २८ मिटर छ । यसमा एकैपटकमा तीन जनासम्म खेल्न सकिन्छ । एक्लै वा जोडीसँगै पनि खेल्न सकिने र मेगाट्रोलको गति प्रतिघण्टा १ सय ४० किलोमिटरको हुनेछ ।

मेगाट्रोल खेल्न प्रति व्यक्ति ४ हजार रुपैयाँ लाग्नेछ । ट्याण्डम (जोडी) खेल्दा ७ हजार रुपैयाँ र तीन जना खेल्दा ९ हजार ५ सय रुपैयाँ शुल्क तोकिएको छ । टिसर्ट र भिडियो प्याकेजको थप शुल्क लाग्नेछ ।

‘मेगाट्रोल पनि साहसिक गतिविधिमै पर्छ, यसले जीपलाइन र रोलरकोस्टरको ब्लेन्डेड अनुभव दिन्छ’, कार्कीले भने, ‘एक वर्षअघि निर्माण सुरु गरिएको मेगाट्रोल भ्यालेन्टाइन्स डेको मौका पारेर सुरु गरेका छौँ ।’

पोखरास्थित ‘द क्लिफ’ को काउन्टरबाट बुकिङ गर्नेले हजार रुपैयाँमा पोखरादेखि कुश्मासम्मको दुईतर्फी यातायात सुविधासमेत पाउने जनाइएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट