२०८३, आषाढ १२ गते

शुक्रवार, आषाढ १२ गते २०८३

गुठी किसानले जग्गाधनी प्रमाण पूर्जा प्राप्त गर्न आवश्यक पर्ने कानूनी व्यवस्थाको तर्जुमा गर्न सरकारलाई निर्देशन

शुक्रवार , फाल्गुण २, २०८१

काठमाडौं । स्वर्गद्वारी गुठी किसानले जग्गाधनी प्रमाण पूर्जा प्राप्त गर्न आवश्यक पर्ने कानूनी व्यवस्थाको तर्जुमा गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।

शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले यस्तो निर्देशन दिएको हो ।

गुठी संस्थानको समेत समन्वयमा स्वर्गद्वारी गुठी किसानहरु जग्गाधनी प्रमाण पूर्जा दिन आवश्यक कानूनी व्यवस्था तर्जुमा गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई निर्देशन दिइएको समिति सभापति कुसुमदेवी थापाले बताइन् ।

उनले भनिन्, ‘गुठी पीडितले जग्गाधनी प्रमाण पुर्जा प्राप्त गर्न आवश्यक पर्ने कानूनी व्यवस्थाको तर्जुमा, गुठी संस्थान समेतको समन्वयमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई निर्देशन गर्ने ।’

समितिले गुठी पीडितका समस्याका विषय तथा कार्य प्रगतिको विवरण समेत १५ दिनभित्र समितिलाई जानकारी गराउन निर्देशन दिइएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट