२०८३, आषाढ १२ गते

शुक्रवार, आषाढ १२ गते २०८३

सत्ता साझेदार दलको बैठक बस्दै, अध्यादेशबारे छलफल हुने

शनिवार , फाल्गुण ३, २०८१

काठमाडौं । आज सत्ता साझेदार दलहरूको बैठक बस्दैछ । बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो ।

अध्यादेशका बारेमा छलफल गर्न बैठक बस्न लागेको हो ।

गृहमन्त्री रमेश लेखकका अनुसार बैठकमा अध्यादेशसँगै संविधान संशोधनका विषयमा पनि छलफल हुनेछ ।

संविधान संशोधनका लागि कार्यदल बनाउने, संविधान संशोधनको लागि बन्ने कार्यदलले प्रदेश र जिल्लामा अन्तर्क्रिया गर्ने लगायतका विषयमा छलफल हुनेछ ।

यसअअघि शुक्रबार उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसेको थियो । उक्त बैठकले सत्ता पक्षीय बैठकमार्फत अध्यादेशका बारेमा निष्कर्षमा पुग्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट