बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

सत्ता साझेदार दलको बैठक बस्दै, अध्यादेशबारे छलफल हुने

सत्ता साझेदार दलको बैठक बस्दै, अध्यादेशबारे छलफल हुने

काठमाडौं । आज सत्ता साझेदार दलहरूको बैठक बस्दैछ । बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो ।

अध्यादेशका बारेमा छलफल गर्न बैठक बस्न लागेको हो ।

गृहमन्त्री रमेश लेखकका अनुसार बैठकमा अध्यादेशसँगै संविधान संशोधनका विषयमा पनि छलफल हुनेछ ।

संविधान संशोधनका लागि कार्यदल बनाउने, संविधान संशोधनको लागि बन्ने कार्यदलले प्रदेश र जिल्लामा अन्तर्क्रिया गर्ने लगायतका विषयमा छलफल हुनेछ ।

यसअअघि शुक्रबार उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसेको थियो । उक्त बैठकले सत्ता पक्षीय बैठकमार्फत अध्यादेशका बारेमा निष्कर्षमा पुग्ने निर्णय गरेको थियो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend