
काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले कांग्रेस र एमालेले चाहँदैमा चाहेअनुसारको संविधान संशोधन हुन नसक्ने बताएका छन् ।
शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले संविधानमा रहेका असन्तुष्टिहरु अहिले आएर व्यक्त भइरहेको उल्लेख गरे । उनले अहिले आएर कांग्रेस र एमालेको दुई तिहाई पुग्छ संशोधनको प्रयास शुरु गरौँ भनेर पहलकदमी भइरहेको बताए ।
उनले संविधान संशोधनका स्पष्ट बुँदाहरु बाहिर नआइसकेको पनि बताए । उनले नेपालमा अहिलेसम्म बनेका संविधानहरु संशोधन नभइकन कुनै नबाँचेको बताए । उनले संविधानलाई बचाउन पनि संशोधन आवश्यक रहेको बताए । उनले सरकारले ल्याएका अध्यादेशहरु राष्ट्रिय सभाबाट पारित हुन जटिलता उत्पन्न भइरहेको बताए ।
उनले भने, ‘संविधानमा रहेको असन्तुष्टिहरु अहिले आएर व्यक्त हुन थालेका छन् । अब नेपाली कांग्रेस र एमालेलाई के लागेको छ भने दुई तिहाई पुग्छ भने संविधान संशोधन गरौँ भन्ने छ । यद्यपि त्यसमा धेरै होमवर्क भएर संविधान संशोधनका स्पष्ट बुँदाहरु बाहिर आइसकेका छैनन् । तर कतिपय कुराहरु संशोधन गर्न सकिन्छ भनेर गर्ने भनेर लागिएको छ ।
नेपालमा जुन संविधान संशोधन भएको छैन, त्यो संशोधन नभएको संविधान बाँचेको छैन । यो संविधानलाई बचाउन पनि संशोधन आवश्यक छ । हामी रिफर्म भएनौँ भने जान्छौँ । समयानुसार परिवर्तन हुनुपर्छ । संविधान पनि त्यही हो । संविधान संशोधन त्यति साह्रै सहज पनि देखिरहेको छैन । कांग्रेस र एमालेले चाहँदैमा चाहेकै जसरी संविधान संशोधन अघि बढ्ला भन्नेकुरामा प्रश्न छ ।
अध्यादेशकै विषयलाई लिएर राष्ट्रिय सभाको कम्पोज्सिनलाई लिएर कुनै पास हुने र कुनै नहुने खालको स्थिति देखिएको छ । छलफल जरुरी र संशोधनको दिशातिर सर्वसहमतिले गर्ने भन्ने हो ।’
सांसद पन्तले संविधान संशोधनको बहस र छलफल आवश्यक रहेको बताए ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend