२०८३, आषाढ १२ गते

शुक्रवार, आषाढ १२ गते २०८३

समावेशितालाई बलियो बनाउने गरी निर्वाचन प्रणाली बदल्नुपर्छ : नेता डा. रिजाल

शनिवार , फाल्गुण ३, २०८१

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले निर्वाचन प्रणाली परिवर्तन गर्न आवश्यक भएको बताएका छन् । शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा डा. रिजालले समावेशितालाई बलियो बनाउने गरी निर्वाचन प्रणाली बदल्नुपर्ने बताएका हुन् ।

उनले कुनै पनि पार्टीको बहुमत बिना राजनीतिक स्थायित्व र उत्तरदायित्वको कल्पना गर्न नसकिने बताए । निर्वाचन प्रणालीकै कारण ७४ को निर्वाचनमा नेपाली कांग्रेसले ३३ प्रतिशत मत पाए पनि जम्मा २३ सिट जितेको जिकिर गरे ।

उनले भने, ‘मेरो पार्टी ७४ को चुनावमा हामीले प्रत्यक्षमा गठबन्धनका कारण पाएको मत सबै आफ्नो भन्न मिलेन । समानुपातिकमा हामीले ३३ प्रतिशतभन्दा बढी मत पायौँ तर प्रत्यक्षमा हामीले २३ सिट जित्यौँ । अहिले हाम्रो सात प्रतिशतले मत घटेको छ । २६ प्रतिशत मत छ, सिट जित्यो ५७, किन ? गठबन्धन गरेर । ओली र हाम्रो ७४ को चुनावमा मुस्किलले आधि प्रतिशतको फरक थियो । उहाँले ८० सिट र हामीले २३ सिट जित्यौँ किन भन्दा उहाँले गठबन्धन गर्नुभएको थियो ।’

उनले २०१५ सालदेखि कुनै पनि पार्टीले ३८ प्रतिशतभन्दा बढी मत नल्याएको भन्दै बढी मत आएन भन्दैमा स्थिरता हुँदैन भन्ने तर्क गर्न नहुने बताए । उनले १६५ निर्वाचन क्षेत्र कायम गर्दा ६० सिट समानुपातिक प्रणालीका लागि छुट्याउनु पर्नेमा जोड दिए ।

उनले भने, ‘१५ सालदेखि आजसम्मको निर्वाचनमा कुनै पनि पार्टीले साढे ३८ प्रतिशतभन्दा बढी मत ल्याएको छैन । बढी मत नल्याएपछि बहुमत भए पनि स्थिरता हुँदैन भन्ने तर्क गर्नु भएन । सरकार उत्तरदायी नहुने समस्या त भयो नि । नेपाली कांग्रेस पूर्ण प्रत्यक्ष निर्वाचन प्रणालीमा हुनुपर्छ भन्ने पक्षमा होइन । १६५ निर्वाचन क्षेत्र कायम गर्दा ६० क्षेत्र समानुपातिक गरौँ । सजिलै चुनाव जितेर आउने मान्छेलाई समानुपातिकमा ल्याउनु हुँदैन । जसलाई निर्वाचन जित्नलाई कठिनाइ छ त्यो समुदाय आउने बाटो बन्द हुँदैन ।’

नेता डा. रिजालले ०७२ देखि तीन नेता पालैसँग प्रधानमन्त्री भएर तीन नेता एउटा पार्टी र बाँकी अर्को पार्टी जस्तो भएको व्यङ्ग्य गरे । उनले यस्तो अवस्था आउनुमा को जिम्मेवार छ भन्ने टुङ्गो लगाउन पनि निर्वाचन प्रणालीमा परिवर्तन आवश्यक भएको जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट