आइतबार, चैत्र २४ २०८१

आइतबार, चैत्र २४ २०८१

सरकारले व्रह्मलुट गर्न अध्यादेश ल्यायो : झलनाथ खनाल

सरकारले व्रह्मलुट गर्न अध्यादेश ल्यायो : झलनाथ खनाल

sf7df8f}F, !* h]7 M kqsf/ e]63f6df k"j{k|wfgdGqL vgfn k'j{k|wfgdGqL tyf g]skf- PsLs[t ;dfhjfbL_sf ;Ddflgt g]tf emngfy vgfn ojf ;+3 g]kfn,k|rf/ ljefun] laxLaf/ e[s'6Ld08kdf cfof]hgf u/]sf] kqsf/ e]63f6df dGtJo /fVg'x'Fb} .tl:a/ M xl//fd e]6'jfn÷/f;;

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले सरकारले व्रह्मलुट गर्नका लागि अध्यादेश ल्याएको बताएका छन् ।

काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले दुई तिहाई बहुमत पाएको बेलामा भूमिसुधार गर्न सकिने आधारहरु रहेपनि त्यसतर्फ जान नसकेको बताए ।

उनले वैज्ञानिक भूमि सुधार गर्नुपर्नेमा सरकारले अहिले व्रह्मलुट गर्नका लागि अध्यादेश ल्याएको जिकिर गरे । उनले कृषि क्रान्ति गर्दै कृषिलाई आधुनिकीकरणतर्फ लैजान जरुरी रहेको बताए । उनले किसानले बजार नपाउने समस्याको अन्त्य गर्न जरुरी रहेको बताए । उनले देश संकटउन्मुख रहेको बताए ।

सम्मानित नेता खनालले भ्रष्टाचार अन्त्य गरी भ्रष्टाचार गर्नै नपर्ने र गर्नै मन नलाग्ने किसिमको समाजवाद निर्माण गर्न जरुरी रहेको बताए । उनले समाजका विकार र विकृतिहरु हटाउँदै जानुपर्ने बताए ।

सम्मानित नेता खनालले भने, ‘हामीले दुई तिहाई बहुमत पाएको बेलामा भूमिसुधार गर्न सक्थ्यौँ । वैज्ञानिक भूमि सुधार । अब अहिले हेर्नुस् त अध्यादेश ल्याएर व्रह्मलुट मच्चाउने अध्यादेश ल्याएको छ । भूमि सुधार गर्नुको सट्टा । वैज्ञानिक भूमिसुधार गर्नुको सट्टा । यो व्रह्मलुटको अध्यादेश हो । यस प्रकारका काम गर्न पुगिरहेका छौँ ।

हामी कृषि क्रान्ति गर्न सक्दैनौँ । कृषिलाई आधुनिकीकरण गर्न सकेका छैनौँ । किसानले उत्पादन त वर्षौंदेखि गरिरहेको छ । तर उत्पादन गरेको वस्तुको मूल्य पाइरहेको छैन । उसले बजार पाइरहेको छैन । त्यो कुरा सबै प्राप्त गर्न सकिन्छ । कृषिलाई व्यापक रुपले यान्त्रीकीकरण गर्नसक्छौँ ।’

उनले नेपाली भूभाग विदेशीको कब्जामा रहेको र त्यसलाई फिर्ता ल्याउने कुनै पहल हुन नसकेको बताए । समाजवादको जामा लगाउनेहरु समाजमा धेरै रहेको बताउँदै नाम मात्रैको समाजवादीले समाजवादमा नपुगिने बताए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend