२०८३, आषाढ १२ गते

शुक्रवार, आषाढ १२ गते २०८३

राप्रपा सांसद शाहीले राष्ट्रिय सभालाई वृद्धाश्रम भनेको भन्दै खेद प्रकट

आइतवार , फाल्गुण ४, २०८१

काठमाडौं । राष्ट्रिय सभामा नेकपा (एकीकृत समाजवादी) की सांसद जयन्तीदेवी राईले राष्ट्रिय सभालाई वृद्धाश्रम भनेको भन्दै आपत्ति जनाएकी छन् ।

आईतबारको सभाको बैठकमा बोल्दै उनले प्रतिनिधि सभा सदस्य एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले राष्ट्रिय सभालाई केही दिनको पाहुना र वृद्धाश्रम भनेको भन्दै आपत्ति जनाएकी हुन् ।

उनले सांसद शाहीको भनाइप्रति खेद प्रकट गर्दै सभाले पनि खेद प्रस्ताव पारित गर्नुपर्ने माग गरिन् ।

उनले भनिन्, ‘प्रतिनिधि सभाको सदस्य ज्ञानेन्द्र शाहीले राष्ट्रिय सभालाई वृद्धाश्रम र दुई दिनको पाहुना भनि राष्ट्रिय सभा विशेष अधिकारको हनन भएको छ । उक्त भनाइप्रति म खेद प्रकट गर्दछु । साथै यो सम्मानित सभाले खेद प्रस्ताव पारित गरियोस् र सरकारको जवाफ माग गर्दछु ।’

उनले सरकारसँग यसबारे जवाफ माग समेत गरिन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट