२०८३, आषाढ १२ गते

शुक्रवार, आषाढ १२ गते २०८३

अमेरिकाले आप्रवासी नागरिक फिर्ता पठाउने क्रममा मानव अधिकार उल्लङ्घन गरेको आरोप

आइतवार , फाल्गुण ४, २०८१

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अमेरिकाले आप्रवासी नागरिक फिर्ता पठाउने क्रममा मानव अधिकारको गम्भिर उल्लङ्घन गरेको आरोप लगाएका छन् ।

आईतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले विश्वको जुनसुकै कुनामा बसेको भएपनि बिना भेदभाव समानता, स्वतन्त्रता र मानवीय अधिकारको उपभोग गर्न पाउने मानव अधिकारको विश्वव्यापी मान्यता भएको समेत बताए ।

उनले अमेरिकाले भारतीय नागरिकको खुट्टामा नेल, जनजीर हत्कडी लगाएर उनीहरुको मयार्दाको ठाडो उल्लङ्घन गरेर स्वदेश फिर्ता गर्ने कार्यले पश्चिमा देशहरुले दुहाई दिँदै आएको मानव अधिकारको विश्वव्यापी रुपमै धज्जी उडाएको बताए ।

उनले भने, ‘विश्वको जुनसुकै कुनामा बसेको भएपनि बिना भेदभाव समानता, स्वतन्त्रता र मानवीय अधिकारको उपभोग सबै नागरिकले पाउने मानव अधिकारको विश्वव्यापी घोषणा पत्रको आधारको भावना हो । अमेरिकाले भारतीय नागरिकको खुट्टामा नेल, जनजीर हत्कडी लगाएर उनीहरुको मयार्दाको ठाडो उल्लङ्घन गरेर स्वदेश फिर्ता गर्ने कार्यले पश्चिमा देशहरुले दुहाई दिँदै आएको मानव अधिकारको विश्वव्यापी रुपमै धज्जी उडेको छ ।

भारतीय नागरिकाई नेल, हत्कडी र जनजीर लगाउनु अमेरिकको घोर अमानवीय मानव अधिकारको विरोधी हर्कत हो । नेपालका पनि कयौं नागरिक गैरकानूनी रुपमा अमेरिकामा बसिरहेका समाचारहरु आइरहेका छन् । नेपाली नागरिकलाई पनि मानव अधिकार हनन् हुने गरी अमेरिकाद्धारा नेल, हत्कडी र जनजीर लगाएर अमानवीय तरिकाबाट फिर्ता पठाउने कार्य नहोस् ।’

नेपाली नागरिकलाई पनि मानव अधिकार हनन हुनेगरी अमेरिकाद्वारा नेल, हत्कडी र जनजीर लगाएर अमानवीय तरिकाबाट फिर्ता पठाउने कार्य नगर्न उनको चेतावनी छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट