काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगलागी र डढेलोबाट हुने सम्भावित जोखिमको विषयमा सरकार संवेदनशील रहेको बताएका छन् ।
प्रतिनिधि सभाको आईतबारको बैकठमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले हिउँदे वर्षामा आएको कमी र बढ्दो तापक्रमका कारण विगत भन्दा चाँडै डढेलो तथा आगलागीका घटनामा भइहेको वृद्धिलाई मध्यनजर गरी सकेसम्म यस्ता घटना हुन नदिने कुरामा सरकार गम्भीर रहेको बताए । उनले यस्तो भइहाले सो को नियन्त्रण र न्यूनीकरणका लागि सबै जिल्लामा डढेलो तथा आगलागी नियन्त्रण पूर्व तयारी तथा प्रतिकार्य योजना बनाई कार्य गर्न निर्देशन दिइरहेको बताए ।
उनले भने, ‘आगलागी र डढेलोबाट हुने सम्भावित जोखिमको विषयमा सरकार संवेदनशील रहेको छ । हिउँदे वर्षामा आएको कमी र बढ्दो तापक्रमका कारण विगत भन्दा चाँडै डढेलो तथा आगलागीका घटनामा भइरहेको वृद्धिलाई मध्यनजर गरी सकेसम्म यस्ता घटना हुन नदिने र भैहालेमा सो को नियन्त्रण र न्यूनीकरणका लागि सबै जिल्लामा डढेलो तथा आगलागी नियन्त्रण पूर्व तयारी तथा प्रतिकार्य योजना बनाई कार्य गर्न निर्देशन दिइएको छ। नियोजितरुपमा वन डढेलो लगाउने व्यक्तिलाई प्रचलित कानून बमोजिम कारबाही समेत गरिनेछ ।’
प्रधानमन्त्री ओलीले नियोजितरुपमा वन डढेलो लगाउने व्यक्तिलाई प्रचलित कानून बमोजिम कारबाही गर्ने बताए ।
प्रतिक्रिया दिनुहोस