२०८३, आषाढ १२ गते

शुक्रवार, आषाढ १२ गते २०८३

तथ्यपरक भएर आफ्ना विचार संप्रेषण गर्न सांसद शाहीलाई राष्ट्रिय सभाको निर्देशन

आइतवार , फाल्गुण ४, २०८१

काठमाडौं । राष्ट्रिय सभाले प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीलाई सुझबुझपूर्ण, वस्तुनिष्ठ र तथ्यपरक भएर आफ्ना विचार संप्रेषण गर्न निर्देशन दिएको छ ।

आईतबारको राष्ट्रिय सभा बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले सभाको तर्फबाट राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक शाहीलाई सुझबुझपूर्ण, वस्तुनिष्ठ र तथ्यपरक भएर आफ्ना विचार संप्रेषण गर्न निर्देशन दिएका हुन् ।

राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरुले शुन्य समय र विशेष समयमा प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीले राष्ट्रिय सभाको काम कारबाहीका सन्दर्भमा प्रश्न उठाउकोप्रति आपत्ति जनाएका थिए ।

सोही विषयलाई लिएर सभाका अध्यक्ष दाहालले विधेयकको सम्बन्धमा यथार्थ अवस्था अध्ययन नै नगरी निज मान्य सदस्यले कपो कल्पित झुट र यथार्थ भन्दा बाहिर गइ आफ्ना अभिव्यक्ति दिनुभएको बताए । उनले सांसद शाहीको अभिव्यक्ति गैरजिम्मेवारपूर्ण रहेको भन्दै खेद प्रकट गरेको छ ।

उनले भने, ‘मान्य सदस्यहरु । आजको बैठकमा शुन्य समय र विशेष समयमा मान्य सदस्यहरुले प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीले राष्ट्रिय सभाको काम कारबाहीका सन्दर्भमा सामाजिक सञ्जाल ज्ञानेन्द्र शाहीको नामको फेसबुक पेजमा व्यक्त गर्नुभएको टिप्पणीको सन्दर्भमा विषय उठान गर्नुभएकोमा सभाको गम्भीर ध्यानाकर्षण भएको छ ।

यस सम्बन्धमा सभाले मिति २०८१ साल माघ २८ गते पारित गरेको मिडिया काउन्सिल विधेयक, २०८० मिति २०८१ जेठ १३ गते यस सभामा पेश भइ उक्त विधेयकमाथि सैद्धान्तिक छलफल पश्चात विधेयकउपर २६ जना मान्य सदस्यहरुबाट विभिन्न दफामा ७८ वटा संशोधन प्राप्त भइ उक्त संशोधनमाथि सभाको विधायन व्यवस्थापन समितिमा सरोकारवाला पक्ष, सम्बन्धित मन्त्रालय र संशोधनकर्ता मान्य सदस्यहरुसँग १४ वटा बैठकमा दफावार छलफल गरी प्रतिवेदन तयार पारेको र उक्त समितिको प्रतिवेदनमा उल्लेखित २१ वटा बुँदामा रहेका संशोधनसहित सभाको मिति २०८१ माघ २८ गतेको बैठकबाट उक्त विधेयक पारित भएको अवस्था छ ।

यसरी पारित भएको विधेयकको सम्बन्धमा यथार्थ अवस्था अध्ययन नै नगरी निज मान्य सदस्यले कपो कल्पित झुट र यथार्थ भन्दा बाहिर गइ एक सभाको सदस्यले अर्को सभाको काम कारबाही र सभाका मान्य सदस्यहरुको योग्यता, क्षमता र उमेरको सम्बन्धमा समेत अत्यन्तै गैरजिम्मेवारपूर्ण ढंगले आफ्नो धारणा व्यक्त गर्नुभएको देखिएकाले उक्त अभिव्यक्तिप्रति यो सभा खेद प्रकट गर्दछ । आइन्दा आफ्ना विचार संप्रेषण गर्दा सुझबुझपूर्ण, वस्तुनिष्ठ र तथ्यपरक हुन मान्य सदस्यलाई यो सभा निर्देशन समेत दिन्छ ।’

उनले सांसद शाहीले सभाका सदस्यहरुको योग्यता, क्षमता र उमेरको सम्बन्धमा समेत गैरजिम्मेवारपूर्ण ढंग धारणा राखेको बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट