सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

एमाले नेपाली कांग्रेसको बुई चढेर हिँड्न बाध्य छ : पूर्वप्रधानमन्त्री खनाल

एमाले नेपाली कांग्रेसको बुई चढेर हिँड्न बाध्य छ : पूर्वप्रधानमन्त्री खनाल

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेकपा एमाले नेपाली कांग्रेसको बुई चढेर हिँड्न बाध्य भएको बताएका छन् ।

आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले एमालेको मुख्य प्रतिद्वन्दी कांग्रेस भएपनि कांग्रेसकै बुई चढेर हिँडिरहेको बताए । उनले विगतमा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) ले पनि त्यही गल्ती गरेको भन्दै अब त्यस्तो गर्न नहुने बताए ।

उनले क्रान्तिकारी बाटो र अडान लिएर नेकपा (एकीकृत समाजवादी) अगाडि बढ्न जरुरी रहेको बताए । उनले समाजवाद प्राप्तिको एउटा आधारशिला नेकपा (एकीकृत समाजवादी) ले तयार गर्नुपर्ने बताए ।

उनले भने, ‘अहिले नेकपा एमालेको नेतृत्वलाई हेर्नुस् त । एमालेको आखिर मुख्य प्रतिद्वन्दी को हो ? कांग्रेस नै हो । तर कांग्रेसको बुईमा चढेर हिँड्न बाध्य छ । हिजो माओवादीले पनि त्यही गर्यो । हामी पनि त्यसैतिर लागिरहेका छौँ । अब त हामीले सिक्यौँ की जस्तो लागेको छ ।

अब त्यो खालका गतिविधि हामीले वास्तवमा क्रान्तिकारी बाटो र अडान लिएर अगाडि बढ्नुपर्छ । त्यसले मात्रै वास्तवमा समाजवाद प्राप्तिको एउटा आधारशिला तयार पार्दै हामी संगठन निर्माण गर्दै जानुपर्छ ।’

पूर्वप्रधानमन्त्री खनालले संगठन निर्माण गर्नेकुरालाई ध्यान दिन नसके संघर्षका कुरा अघि बढाउन अफ्ठ्यारो हुने बताए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend