२०८३, आषाढ १२ गते

शुक्रवार, आषाढ १२ गते २०८३

राष्ट्रिय सभाबाट नविकरणीय उर्जा तथा उर्जा दक्षता सम्बन्धी विधेयक सर्वसहमतिले पारित

आइतवार , फाल्गुण ४, २०८१

काठमाडौं । नविकरणीय उर्जा तथा उर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ राष्ट्रिय सभाबाट सर्वसहमतिले पारित भएको छ ।

आईतबार बसेको राष्ट्रिय सभाको बैठकले नविकरणीय उर्जा तथा उर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ लाई सर्वसहमतिले पारित गरेको हो । बैठकमा सरकारको तर्फबाट उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले विधेयक प्रस्तुत गरेका थिए । उक्त विधेयकमाथि सांसदहरुले छलफल गरे ।

सांसदहरुको छलफलपछि विधेयकलाई उर्जामन्त्री खड्काले पारित गर्न प्रस्ताव प्रस्तुत गरे । प्रस्तावलाई राष्ट्रिय सभाको बैठकले सर्वसहमतिले पारित गरेको राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले घोषणा गरे ।

राष्ट्रिय सभाको अर्को बैठक फागुन ६ गते मंगलवार बिहान ११ बजे बस्नेगरी स्थगित भएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट