
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले जनकपुरको जग्गा लुट्नेको नाम सार्वजनिक गर्ने चेतावनी दिएका छन् । आजको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले पुराना दलका नेता, त्यहाँका स्थानीय जनप्रतिनिधि, ठेकेदार, दलालहरूले जनकपुरको जग्गा जुटेको आरोप लगाए । १४ सय बिघा जग्गा दिएर जनकपुर पुनर्निर्माण गर्न भनिए पनि अहिले २ सय बिघा मात्रै बाँकी रहेको उनले बताए ।
अहिलेसम्म त्यहाँको १२ सय बिघा जग्गा लुटिसकेको उनले बताए ।
उनले यसबारे पटक पटक संसदमा आवाज उठाउँदा पनि सुनुवाइ नभएको भन्दै सरकारलाई ध्यानाकर्षण गराए ।
साथै, उनले आगामी बैठकमा कुन कुन नेताले कति कति जग्गा लिएका छन् भन्ने लिएर आउने बताए ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend