२०८३, आषाढ ७ गते

आइतवार, आषाढ ७ गते २०८३

भूमि सम्बन्धि समस्या समाधान नगरे मुलुकमा विकराल समस्या आउँछ : मुख्यमन्त्री कार्की

सोमवार , फाल्गुण ५, २०८१

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भूमि सम्बन्धि समस्या समाधान नगरे मुलुकमा विकराल समस्या आइपर्ने बताएका छन् ।

सोमबार विराटनगरमा भूमि समस्या समाधान आयोगको प्रदेशस्तरीय अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले तीन वर्षभित्र भूमिसम्बन्धि सबै समस्या समाधान गर्ने गरी बनाएको भूमि समस्या समाधान आयोगले तीन वर्षभित्रमा सबै कार्यभार पुरा गर्नुपर्ने बताए ।

उनले भूमि सम्बन्धि केही नेपाल ऐन संसोधन गर्ने अध्ययादेश संसदबाट पारित हुने समेत दाबी गरे । यो अध्यादेश संसदमा पेश भएपछि माओवादी केन्द्रले समेत नाकको चालले समर्थन गर्नुपर्ने मुख्यमन्त्री कार्कीले बताए ।

भूमिसम्बन्धि समस्या समाधान गर्न नचाहनेले मात्रै यो अध्यादेशको विरोध गर्ने भन्दै उनले व्यवस्थालाई नै खतरामा पार्ने गरी दलहरुले काम गर्न नहुने धारणा राखे । ४० वर्ष भन्दा लामो समयदेखि भूमिहिन, सुकुम्बासी र अव्यवस्थित बसोबासी लगायतकाको समस्या समाधान हुन नसकिरहेको अवस्थामा सरकारले गरेको यो कामलाई सहयोग गर्नुपर्ने उनको भनाई छ ।

उनले भने, ‘यो व्यवस्थाका पक्षपति तीन दल नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रले सत्तामा नहुनेबित्तिकै व्यवस्थामाथि नै आँच आउने काम गर्नु हुँदैन् । त्यसैले यो समस्या समाधान गर्न लाग्नु पर्छ ।’

अहिले केही सानो समूहले व्यवस्थामाथि नै प्रहार गर्न खोजिरहेको अवस्थामा पूर्वप्रधानमन्त्री भइसकेका व्यक्तिहरुले पनि गलत ढंगले अभिव्यक्ति दिन नहुने उनले बताए ।

अध्यादेशका विषयमा सत्ता र पदकालागि केही व्यक्तिहरुले बार्गेनिङ गरिरहेको उनले चर्चा गरे । कोशी प्रदेश सरकारले प्रदेशभित्रका भूमिहीनहरुलाई लालपुर्जा दिने र उनीहरूलाई व्यवस्थित ढंगले बसोबास गर्ने विषयमा सहयोग गर्ने प्रतिवद्धता मुख्यमन्त्री कार्कीले गरे ।

कार्यक्रममा बोल्दै कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतिरमण भण्डारीले भूमि समस्या समाधान आयोगलाई जस्तो सुकै सहयोग गरेर अघि बढ्न प्रदेश सरकार तयार रहेको बताए । उनले टिओआर अनुसार सडक र बगर क्षेत्रका बसोबासीको समस्या समाधान गर्ने केही कठिनाई देखिएको भन्दै त्यसमा त्यसमा सुधार गरेर अघि बढ्नुपर्ने उल्लेख गरे ।

कार्यक्रममा नेपाली कांग्रेस कोशी प्रदेशका सभापति तथा पूर्वमुख्यमन्त्री उद्धव थापा, नेकपा एमाले कोशी प्रदेश समितिका अध्यक्ष घनश्याम खतिवडालगायतले शुभकामना मन्तव्य राखेका थिए ।

केन्द्रीय अध्यक्ष हरि रिजालले ३ वर्षभित्र सबै भूमिहीनहरुलाई बसोबासको व्यवस्था गर्ने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गरे । कोशी प्रदेशमा करिब ३ लाख परिवार भूमिहीन अव्यवस्थित बसोबासी अरु रहेको सो अवसरमा जानकारी दिएको थियो । देशभरमा यस्तो सङ्ख्या करिब १२ लाख रहेका छन्।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ