२०८३, आषाढ ७ गते

आइतवार, आषाढ ७ गते २०८३

भेन्चर हायर पर्चेजद्वारा सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी विशेष कार्यशाला

आइतवार , आषाढ ७, २०८३

आईएमई समूह अन्तर्गतको भेन्चर हायर पर्चेज लिमिटेडले वित्तीय क्षेत्रमा अनुपालन संस्कृतिको सुदृढीकरण गर्ने उद्देश्यले एक दिवसीय विशेष कार्यशाला गरेको छ।

बुधबार काठमाडौंस्थित होटलले हिमालयमा आयोजित उक्त कार्यशाला ‘सम्पत्ति शुद्धीकरण निवारण तथा आतङ्कवादको वित्तपोषण विरुद्ध’ केन्द्रित थियो।

कार्यशालामा मुख्य प्रशिक्षकका रूपमा नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाईमा दुई दशकभन्दा बढी अनुभव सम्हालेका पूर्वअधिकारी प्रदीप भट्टराई रहेका  थिए ।

प्रशिक्षणका क्रममा भट्टराईले  वित्तीय अपराध विरुद्धको पहिलो रक्षा पंक्ति भनेकै प्रशिक्षित कर्मचारी हुनु रहेकाे बताए । उनका अनुसार यदि कर्मचारीले जोखिम बुझेनन् भने कुनै पनि प्रणाली एक्लैले मात्र अपराध रोक्न पर्याप्त हुँदैन।
 
कार्यशालामा मनी लाउन्डरिङका कानुनी प्रावधान, ग्राहक पहिचान प्रक्रिया र अन्तर्राष्ट्रिय वित्तीय कार्यदलका मापदण्डहरूबारे विस्तृत छलफल गरिएको थियो।

प्रशिक्षणमा मनी लाउन्डरिङका चरणहरू अवैध रकम प्रणालीमा छिराउने, स्रोत लुकाउन तहकीकरण गर्ने र शुद्ध पारिएको रकम अर्थतन्त्रमा पुनः भित्र्याउनेबारे प्रस्ट पारिएको थियो ।

2.jpeg
undefined

ग्राहकको विस्तृत जाँचबुझ र शंकास्पद कारोबार रिपोर्ट  तयार गर्ने विधिबारे व्यावहारिक केस स्टडीमार्फत जानकारी दिइएको थियो। प्रशिक्षक भट्टराईले मनी लाउन्डरिङले मुलुकको आर्थिक र सामाजिक क्षेत्रमा पार्ने दुष्परिणामबारे चर्चा गर्दै वित्तीय स्वच्छता कायम राख्नु राष्ट्रिय जिम्मेवारी भएको बताए ।

3.jpeg
undefined

भेन्चर हायर पर्चेज लिमिटेडले यस्ता प्रशिक्षण कार्यक्रमहरूलाई वार्षिक रूपमा निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।  

4.jpeg

नेपाल राष्ट्र बैंकद्वारा जारी सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी निर्देशिकाको पालना गर्दै आयोजना गरिएको कार्यक्रममा संस्थाका सञ्चालक समिति सदस्य, संस्थागत शेयरधनी, उच्च व्यवस्थापन र सम्बन्धित विभागका कर्मचारीहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ