२०८३, आषाढ ७ गते

आइतवार, आषाढ ७ गते २०८३

रास्वपा महाधिवेशन

उद्घाटनको सम्पूर्ण तयारी पूरा, ४ हजारभन्दा बढी प्रतिनिधि सहभागी

आइतवार , आषाढ ७, २०८३

 

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम ऐतिहासिक महाधिवेशन उद्घाटनका लागि सम्पूर्ण तयारी पूरा भएको छ ।

चितवनको भरतपुरस्थित गेष्टहाउस चौरमा आज अपरान्ह २ बजे विशेष समारोहबीच महाधिवेशनको औपचारिक उद्घाटन हुनेछ ।

पार्टी प्रवक्ता मनिष झाले उद्घाटन कार्यक्रमको तयारी पूरा भएको जानकारी दिएका छन् ।

उद्घाटन समारोहमा पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहले घण्टी बजाएर महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको जनाइएको छ । साथै विभिन्न राजनीतिक दलका नेताहरूले पनि कार्यक्रममा शुभकामना मन्तव्य राख्नेछन् ।

उद्घाटन सत्रमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली तथा नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुन लगायत सहभागी हुने बताइएको छ ।

महाधिवेशनमा ४ हजार २११ प्रतिनिधि तथा उत्तिकै संख्यामा पर्यवेक्षकहरू चितवन पुगेका छन् । निर्वाचन आयोगले यसअघि नै पार्टीको नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ ।

तीन दिनसम्म सञ्चालन हुने महाधिवेशनमा पार्टी नेतृत्व चयनसहित विभिन्न नीतिगत छलफलहरू हुनेछन् । महाधिवेशनबाट रास्वपाले नयाँ नेतृत्व चयन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ट्रेन्डिङ