२०८३, आषाढ ७ गते

आइतवार, आषाढ ७ गते २०८३

बालेनका लागि चार दिन ‘रिजर्भ’ गरियो लटौली सेन्चुरी रिसोर्ट

आइतवार , आषाढ ७, २०८३

चितवन / प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा सहभागी हुन आइतबार चितवन पुगेका छन्। पत्नी सबिना शाह र छोरीसहित चितवन आएका शाह महाधिवेशनका उद्घाटन तथा बन्दसत्रका कार्यक्रममा सहभागी हुने कार्यक्रम छ ।

शाहको बसोबासका लागि कालिका नगरपालिका–९ शक्तिखोरस्थित हालै सञ्चालनमा आएको लटौली सेन्चुरी रिसोर्टलाई विशेष रूपमा तयारी गरिएको छ। स्रोतका अनुसार रिसोर्टका १६ वटै कोठा असार ६ गतेदेखि चार दिनका लागि अग्रिम बुक गरिएको छ। तीमध्ये १३ वटा कोठामा पाहुना बस्ने व्यवस्था मिलाइएको छ भने बाँकी तीन कोठा आवश्यकताअनुसार प्रयोग गरिने जनाइएको छ।

867606991.jpg

प्रधानमन्त्रीको भ्रमणलाई लक्षित गर्दै रिसोर्टमा सुरक्षा व्यवस्था कडा पारिएको छ। शनिबारदेखि नै नेपाली सेना र नेपाल प्रहरीको टोली परिचालन गरिएको छ भने सुरक्षाकर्मीहरूले सम्पूर्ण क्षेत्रको निरीक्षण तथा सुरक्षा जाँच गरेका छन्।

रिसोर्ट व्यवस्थापनले पनि विशेष सावधानी अपनाएको छ। अधिकांश कर्मचारीलाई चार दिनका लागि बिदा दिइएको छ भने सीमित कर्मचारीमार्फत मात्रै सेवा सञ्चालन गरिने व्यवस्था मिलाइएको छ। कर्मचारीलाई मोबाइल फोन प्रयोग तथा फोटो खिच्नसमेत रोक लगाइएको बताइएको छ। रिसोर्ट परिसरका सीसीटीभी क्यामेराहरू पनि बन्द गरिएको स्रोतको दाबी छ।

लटौली सेन्चुरी रिसोर्टमा प्रधानमन्त्री शाह, गृहमन्त्री सुदन गुरुङसहित रास्वपाका शीर्ष नेताहरू बस्ने तयारी गरिएको छ। उनीहरूका लागि तीन वटा भीभीआईपी कक्ष विशेष रूपमा तयार पारिएको छ।

867607943.jpg

यसैबीच, लटौली सेन्चुरी रिसोर्टसँगै रहेको भ्युरानकोट रिसोर्टका १४ वटा कोठा पनि प्रधानमन्त्रीको टोलीले चार दिनका लागि बुक गरेको छ। लटौलीबाट करिब ४ सय मिटर माथि अवस्थित उक्त रिसोर्टमा कटेज र टेन्ट शैलीका आवासीय सुविधा उपलब्ध छन्।

रास्वपा महाधिवेशनको उद्घाटनस्थलबाट करिब १६ किलोमिटर उत्तर–पूर्वमा अवस्थित यी दुवै रिसोर्ट स्थानीय व्यवसायी ज्ञानेन्द्र खड्काले सञ्चालन गर्दै आएका छन्। केही दिनअघि रास्वपाका महामन्त्री भूपदेव शाहसमेत यही क्षेत्रमा बसेका थिए।

Latauli-Balen-1.jpg

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ट्रेन्डिङ