राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र प्रधानमन्त्री एवम् वरिष्ठ नेता बालेन शाहले घण्टी बजाएर रास्वपाको प्रथम ऐतिहासिक महाधिवेशन उद्घाटन गरेका छन् ।
चितवनको भरतपुरस्थित गेस्टहाउस चौरमा आयोजित समारोहमा सभापति रवि र प्रधानमन्त्री बालेनले घण्टी बजाएर महाधिवेशनको उद्घाटन गरेका हुन् । मन्चमा रहेका गगनकुमार थापासहित अन्य दलका नेताले पनि घण्टी बजाएर साथ दिएका थिए ।

उद्घाटन समारोह महामन्त्री कविन्द्र बुर्लाकोटीले सञ्चालन गरिरहेका छन् ।
उद्घाटन समारोहमा रास्वपाका नेताहरुसँग विभिन्न दलका नेताहरुले पनि सम्बोधन गर्नेछन् । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, नेकपा एमालेका नेता प्रदीप ज्ञवाली, नेकपा नेता वर्षमान पुन लगायतले पनि महाधिवेशनमा शुभकामना दिने छन् । 
४ हजार २११ महाधिवेशन प्रतिनिधिले नयाँ नेतृत्व चयन गर्नेछन् । निर्वाचन आयोगले यसअघि नै निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ ।





प्रतिक्रिया दिनुहोस