काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले आफू रास्वपाको कुनै प्रतिस्पर्धी नभएको बताएका छन् ।
रास्वपाको प्रथम महाधिवेशनमा शुभकामना मन्तव्य दिने क्रममा उनले आफू कुनै प्रतिस्पर्धीको रुपमा नभई सहयात्रीको रुपमा उपस्थित भएको बताएका हुन् ।
शुभकामना दिँदै उनले भने, ‘तपाईंभित्र जुन देश बनाउने अठोट छ । देशमा केही समृद्धि आओस् भन्ने चाहना छ त्यसका लागि आउनुभएको हो, त्यही चाहना म भित्र भएकाले पनि म शुभकामना दिन आएको हुँ ।’
राउतले रास्वपा महाधिवेशनलाई क्रान्तिको महोत्सव भएको टिप्पणी गरे । उनले रास्वपाले पाएको विश्वास र जनमत आन्दोलनका सहिदहरूको सपना नबिर्सन सुझाव दिए ।
उनले प्रधानमन्त्री बालेन शाहलाई जनतालाई हृदयमा राखेर काम गर्न तथा सुझाव दिए । त्यस्तै, उनले सभापति रवि लामिछानेको त्याग र तपस्याको खुलेर प्रशंसा गरे ।
प्रतिक्रिया दिनुहोस