चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन चितवनमा सुरू भएको छ ।
महाधिवेशन चितवनको भरतपुरस्थित गेस्टहाउस चौरमा आइतबार सुरु भएको हो ।
उक्त महाधिवेशनको पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री तथा वरिष्ठ नेता वालेन्द्र शाहले उद्घाटन गर्ने छन् ।
महाधिवेशनका निम्ति ४ हजार २११ प्रतिनिधि निर्धारण गरिएको छ । महाधिवेशनबाट पार्टीको नयाँ नेतृत्व निर्वाचित हुनेछ ।
रास्वपाको प्रथम महाधिवेशन तीन दिनसम्म चल्नेछ ।
प्रतिक्रिया दिनुहोस