२०८३, आषाढ ७ गते

आइतवार, आषाढ ७ गते २०८३

रास्वपा महाधिवेशन

उद्घाटनस्थलमा बाउन्सरसहित सुरक्षा गार्ड परिचालन

आइतवार , आषाढ ७, २०८३

काठमाडौँ । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन उद्घाटनस्थलमा निजी सुरक्षा कम्पनीका युवाहरु परिचालन गरिएको छ ।

उद्घाटनस्थलमा कालो पोशाक र कालो चस्मा लगाएका हृष्टपुष्ट युवाहरु बाउन्सर शैलीमा खटिएको दृश्यले सहभागी र सर्वसाधारणको ध्यान तानेको छ । ती युवाहरु चितवनकै एक निजी सुरक्षा कम्पनी ‘गढी सेक्युरिटी’ मार्फत परिचालन गरिएको हाे ।

रास्वपा स्राेतका अनुसार उद्घाटनस्थल र पार्किङ क्षेत्रको सुरक्षाका लागि करिब १०० जना सुरक्षाकर्मी तथा बाउन्सर खटाइएको छ।

“रास्वपाको महाधिवेशन उद्घाटनस्थल र पार्किङ व्यवस्थापनका लागि बाउन्सर र सेक्युरिटी गरी १०० जनाको टोली परिचालन गरिएको हो,” रास्वपाका एक नेताले बताए ।

उनका अनुसार महाधिवेशन स्थलमा सुरक्षा व्यवस्थापनलाई ध्यान दिँदै विभिन्न तहका सुरक्षा संयन्त्रसँगै निजी सुरक्षा कम्पनीसमेत परिचालन गरिएकाे छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ