२०८३, आषाढ १२ गते

शुक्रवार, आषाढ १२ गते २०८३

केआइआइटीमा नेपाली छात्राको मृत्युबारे सरकारले कूटनीतिक तवरबाट काम गरिरहेको छ : प्रधानमन्त्री

सोमवार , फाल्गुण ५, २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयको होस्टलमा एक नेपाली छात्राको मृत्यु भएको विषयमा सरकारले कूटनीतिक तवरबाट काम गरिरहेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत सो विषयमा सरकारले कूटनीतिक तवरले काम गरिरहेको बताएका हुन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन्, “भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयको होस्टलमा एक जना नेपाली छात्राको मृत्यु भएको र नेपाली विद्यार्थीलाई होस्टलबाट जबर्जस्ती निकालेको कुरा सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत जानकारीमा आएको छ । यस विषयमा सरकारले कूटनीतिक तवरले काम गरिरहेको छ ।”

उक्त विश्वविद्यालयमा अध्ययरत नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट