
काठमाडौं । राष्ट्रिय सभा सदस्य तुलप्रसाद विश्वकर्माले उडिसा घटनाले विदेशी भूमिमा नेपालीको स्वाभिमानमाथि धावा बोलिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
मंगलबार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । नेपाली विद्यार्थी प्रकृति लम्सालको न्यायको लागि नेपाली विद्यार्थीले आन्दोलन गर्दा अनुसन्धान गर्नुको साटो उल्टै उनीहरुलाई कलेज र होस्टेलबाट निकाएलिएको भन्दै दुःख व्यक्त गरे । उनले प्रकृति लम्सालले आफूमाथि दुव्र्यवहार भइरहेको रिपोर्ट गरेको भएपनि विश्वविद्यालय प्रसाशनले बेवास्ता गर्दा यस्तो घटना भएको बताए । उनले उक्त घटनाम संलग्न अपरधीलाई उम्किने छुट नदिन सरकारको ध्यानाकर्षण गराए ।
उनले भने, ‘आज दुःखका साथ भन्नु परिरहेको छ कि यो देशको स्वाभिमान निहुरिएको छ । र सम्पूर्ण नेपालीको स्वाभिमानमाथि फेरि विदेशी भूमिमा धावा बोलिएको छ । भारतको ओडिशा राज्यको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत बुतवलका प्रकृति लम्सालको जुन संकास्पद रुपमा होस्टेलमा मृत शरीर फेला पर्यो ।
त्यसलाई लिएर त्यहाँ अध्ययन गर्ने नेपाली विद्यार्थीहरुले प्रशासनलाई दबाब हाले । त्यो दबाब स्वरुप प्रशासनले सत्यतथ्यको छानविन गर्नुको बदला विद्यार्थीलाई रेस्टिगेट गर्ने, होस्टेल र कलेजबाट निकाल्ने र उनीहरुलाई बसमा राखेर रेलवे स्टेसनमा छोड्ने काम भयो । यो अत्यन्तै दुःखद् घटना हो । लम्सालले रिपोर्ट गर्दा समेत त्यहाँको प्रशासनले कुनैपनि सुरक्षाको प्रत्याभूति गरेन ।
त्यसको फलस्वरुप उनको मृत्यु हुन पुगेको छ । र अहिले त्यहाँका विद्यार्थीहरुले प्रशासनलाई दबाब हाल्दाखेरि उनीहरुमाथि जुन दुव्र्यवहार भएको छ ।’
उनले नेपाली विद्यार्थीमाथि भएको ज्यादतिमा पहल गर्न समेत सरकारसँग माग गरे ।
सांसद मदनकुमारी शाह गरिमाले उडिसा घटनाले नेपालको मन अपमानको आगोमा जलिरहेको बताए । उनले ओडिसा घटनामा नेपालले एउटा सुन्दर सपना देखेको सक्षम युवा गुमाएको बताए ।
विश्वविद्यालयले घटनाको छानविन गर्नुको सट्टा आफ्नो इज्जत जोगाउन विज्ञप्ति निकालेको भन्दै आपत्ति जनाए । यस घटनाको सत्यतथ्य छानविन गर्न कुटनीतिक पहलका लागि नेपाल सरकारको ध्यानार्काण गराए ।
बैठकमा बोल्ने अधिकांश सांसदहरुले उडिसा घटनाको सत्यतथ्य छानविन गरी घटनामा संलग्नलाई कारबाही गर्न माग गरेका छन् । विटेक तेस्रो वर्षमा अध्ययनरत बुटवलकी छात्रा प्रकृति लम्सालको शंकास्पद ‘मृत्यु’ पश्चात विरोध गर्ने नेपाली विद्यार्थीलाई रातारात निकाल्ने र दुव्र्यवहार गर्ने सुरक्षा अधिकारीलाई कारबाही गरिएको केआईआईटीका रजिष्ट्रारले जनाएका छन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend