२०८३, आषाढ १२ गते

शुक्रवार, आषाढ १२ गते २०८३

पटक-पटकका आन्दोलनबाट प्राप्त संविधान र व्यवस्थामाथि आक्रमण हुँदैछः सांसद रोकाय

मंगलवार , फाल्गुण ६, २०८१

काठमाडौं । राष्ट्रिय सभा सदस्य कृष्णबहादुर रोकायले पटक पटकका आन्दोलनबाट प्राप्त संविधान र व्यवस्थामाथि आक्रमण भइहेको बताएका छन् ।

राष्ट्रिय सभाको मंगलबारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले परिवर्तनका लागि लड्नेहरुसँग कुनै साइनो नभएका व्यक्तिहरु संविधानमाथि प्रहार गर्दै राष्ट्रिय सभाको गरिमालाई कमजोर बनाउने प्रयासमा लागेको बताए ।

उनले संविधान र व्यवस्थामाथि प्रहार भइरहेकोले सबै राजनीतिक दलहरु गम्भिर बन्न समेत आग्रह गरे ।

उनले भने, ‘जसले तीन तीन पाटक जनआन्दोलन गरेर यो मुलुकमा परिवर्तन ल्यायो । चाहे २००७ सालको आन्दोलन होस् । चाहे ०४६ सालको आन्दोलन होस्, चाहे ०६२–६३ सालको आन्दोलन होस् । त्यो आन्दोलनबाट प्राप्त जुन संविधान छ । त्यो संविधानबाट हामी संघीय लोकतान्त्रिक गणतन्त्रमा छौं । आज यसमा कुनै साइनो नभएका व्यक्तिहरुले संविधानमाथि प्रहार गर्नेगरी राष्ट्रिय सभाको जुन गरिमा छ ।

यस गरिमालाई कमजोर बनाउने गरी जुन खालका प्रवृतिहरु आएका छन् । यसमा हामी गम्भिर हुनुपर्दछ । मुलुकको परिवर्तनका निम्ति जुन जुन दलहरु सहभागि भयौं सबैले एकतावद्ध भएर यो संविधानलाई रक्षा गर्नको लागि आग्रह गर्न चाहन्छु ।’

उनले संविधान र लोकतान्त्रि व्यवस्थाको सुदृढिकरण जरुरी रहेको बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट