काठमाडौं । पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइएको छ ।
मंगलबारको राष्ट्रिय सभाको बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई सर्वसहमतिले स्वीकृत भइ समितिमा पठाइएको हो ।
बैठकमा सरकारको तर्फबाट मन्त्री दाहालले “लोकसेवा आयोगको आर्थिक वर्ष २०८०–८१ को पैंसठिऔं वार्षिक प्रतिवेदन” सभा समक्ष पेश गरे ।
राष्ट्रिय सभाको अर्को बैठक फागुन ११ गते आईतबार सवा १ बजे बस्नेगरी स्थगित भएको छ ।
प्रतिक्रिया दिनुहोस