बुधबार, चैत्र २० २०८१

बुधबार, चैत्र २० २०८१

संसद नै कानून निर्माणमा अनिर्णयको बन्दी बनेर बस्नुपर्ने अवस्था अनिष्ठको संकेत : सांसद श्रेष्ठ

संसद नै कानून निर्माणमा अनिर्णयको बन्दी बनेर बस्नुपर्ने अवस्था अनिष्ठको संकेत : सांसद श्रेष्ठ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद विराजभक्त श्रेष्ठले संघीयता कार्यान्वयनका लागि आवश्यक ऐन र कानून समयमै बन्न नसक्दा नागरिकमा नैराश्यता उत्पन्न भएको बताएका छन् ।

प्रतिनिधि सभाको मंगलबारको बैठकको विषेश समयमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले कानून निर्माणको महत्वपूर्ण जिम्मेवार र दायित्व वहन गर्नुपर्ने संघीय संसदले नै कानून निर्माण गर्न नसेको फेहरिस्तसहित प्रतिवेदन बनाएर बस्नुपरेको बताए ।

उनले संसद र संसदीय समिति आवश्यक कानून निर्माणमा अनिर्णयको बन्दी बनेर बस्नुपर्ने अवस्था आउनु डरलाग्दो अनिष्ठको संकेत भएको टिप्पणी गरे ।

उनले भने, ‘संघीयता कार्यान्वयनका लागि बन्नुपर्ने ऐनहरु समयमा बन्न नसकेको कारणले गर्दा राज्य व्यवस्थाप्रति नै नागरिकमा नैराश्यता उत्पन्न हुन पुगेको छ । कानून निर्माणको महत्वपूर्ण जिम्मेवार र दायित्व गर्नुपर्ने संघीय संसदले नै कानून निर्माण गर्न नसेको फेहरिस्तसहित प्रतिवेदन बस्नुपर्नेभएको छ ।

राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको प्रतिवेदनअनुसार बाध्यता आइपर्नु र आवश्यक कानून निर्माणमा अनिर्णयको बन्दी बनेर बस्नुपर्ने अवस्था आउनु भनेको यो निश्चय पनि डरलाग्दो अनिष्ठको संकेत हो । यसलाई समयमै निराकरण नगर्ने हो भने संघीयता नै धरापमा पर्न जाने निश्चित छ । स्मरण रहोस् समयले अहिलेसम्म कसैलाई पर्खिएको छैन र पर्खिने पनि छैन ।’

उनले समयले कसैलाई पनि नपर्खिने हेक्का राख्दै कानून निर्माणमा तिब्रता दिनुपर्ने बताए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend