बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

सुशासन अभावका कारण विकास निर्माणका कामले पूर्णता पाउन सकेन : सांसद नेम्वाङ

सुशासन अभावका कारण विकास निर्माणका कामले पूर्णता पाउन सकेन : सांसद नेम्वाङ

काठमाडौं । नेकपा (एमाले)का सांसद सुहाङ नेम्वाङले मुलुकमा सुशासनको अभाव हुँदा विकास निर्माणका कामले पूर्णता नपाएको बताएका छन् ।

प्रतिनिधि सभाको मंगलबारको बैठकको विषेश समयमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सुशासन अभावमा विकास निर्माणका कामले पूर्णता नपाउँदा जनताले कष्टकर जिउनुपर्ने अवस्था सिर्जना भएको बताए ।

उनले इलामका बाटो र पुलहरु अलपत्र अवस्थामा छोडिएको बताए । उनले अलपत्र परेका विकास निर्माणका कामलाई पूर्णता दिन सरोकारवाला निकायसँग पहल गरिदिन समेत आग्रह गरे ।

उनले भने, सुशासनको कमजोरीको कारणले विकास निर्माणका कामले पूर्णता प्राप्त गर्न नसक्दा जनताले कष्ट भोग्नुपरेको छ । इलामकै थुप्र बाटा र पुलहरु अलपत्र अवस्थामा छन् । अझै बर्खामा समयमा त जनताको जीवनस्तर थप कष्टकर बन्ने अनुमान समेत गर्न सकिन्छ ।

सोच्नुपर्ने विषय के हो भने बजेट जान्छ, ठेक्का लाग्छ तर कामले पूर्णता प्राप्त गर्न सक्दैन । त्यसकारण यस सम्मानित सदनले सुशासन कायम गर्न सम्बन्धीत निकाय र ठेक्कावालाहरुलाई कामलाई पूर्णता दिन पहल गरोस् । कडाईका साथ दबाब दिओस् ।’

उनले विकास निर्माणका काममा गम्भिरता साथ लाग्न ठेकेदार कम्पनीलाई दबाब दिनुपर्ने समेत बताए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend