२०८३, आषाढ १२ गते

शुक्रवार, आषाढ १२ गते २०८३

उडिसा घटनामा प्रभावित विद्यार्थीको भौतिक एवं शैक्षिक सुरक्षाको प्रत्याभुति खोज्न सरकारको ध्यानाकर्षण

मंगलवार , फाल्गुण ६, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले उडिसा घटनामा प्रभावित नेपाली विद्यार्थीको भौतिक एवं शैक्षिक सुरक्षाको प्रत्याभुति खोज्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले उडिसा राज्यको उडिसास्थित केआईआईटी विश्वविद्यालय भुवनेश्वरमा भएको घटनाको समाधानका लागि नेपालको परराष्ट्रय संयन्त्र ढिला परिचालन भएको समेत आरोप लगाएका छन् ।

उनले सोमबार संसद खुल्ने बित्तिकै परराष्ट्र संयन्त्रलाई झकझक्याउन पाएको भए विद्यार्थीको बिच्चली हुने स्थिति सिर्जना हुन नपाउने उल्लेख गर्दै यस्ता विषयमा संसद अझै गम्भिर बन्न जरुरी रहेको बताए ।

उनले भने, ‘उडिसामा नेपाली विद्यार्थीमाथि दुव्र्यवहारको श्रृंखला नै चल्यो । पहिलो विज्ञप्ती त सम्पूर्ण नेपाली विद्यार्थीहरुलाई विश्विद्यालय छोडेर देश फर्क भनेर समेत आयो । त्यसैले त्यहाँ समय समयको महत्व थियो । हामीले यो विषयमा हिजो संसद खुल्नासाथ परराष्ट्र संयन्त्रलाई झकझक्याउन पाएको भए सयौं विद्यार्थीहरुको बिच्चली हुने थिएन ।

पछि सच्चिदै गयो । विद्यार्थीहरुलाई फर्किन आह्वान समेत गरियो । तर कतिपय समयमा पलपलको महत्व हुँदो रहेछ । यस्तो बेलामा संसदले विषेश संवेदनशीलता देखाउनुपर्ने विषय रहन्छ । यस विषयमा कतै न कतै हामीले यसको निदान त खोज्नैपर्छ । तर समग्रमा परराष्ट्र संयन्त्र ढिलामात्र परिचालन भयो । अब त्यस घटनाको सत्यतथ्य छानविनको लागि भारत सरकारलाई कुटनीतिक च्यानेलमार्फत भन्नुपर्ने हुन्छ ।

विद्यार्थीहरुको भौतिक र शैक्षिक सुरक्षा अझै पनि महत्वपूर्ण छ । त्यसको प्रत्याभूति पनि हामीले खोज्नुपर्ने छ । र न्याय र क्षतिपूर्तिका कुराहरु पनि रहेका कारण हामीले निरन्तर कुटनीतिक पहल गर्नुपर्यो । र हामीले विज्ञप्ति जारी गर्दैमा जिम्मेवारी फत्ते भयो भन्ने छुट छैन ।’

उनले विज्ञप्ती जारी गर्दैमा सरोकारवाला निकायको जिम्मेवारी पूरा नहुने उल्लेख गर्दै न्याय र क्षतिपूर्तिका लागि कुटनीतिक पहल गर्न समेत सरकारसँग माग गरे ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट