२०८३, आषाढ १२ गते

शुक्रवार, आषाढ १२ गते २०८३

प्रतिपक्षले खबरदारी गर्नेकुरा स्वभाविक हो, सरकार जवाफदेही भएन : सांसद बस्नेत

मंगलवार , फाल्गुण ६, २०८१

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतले सरकार जवाफदेही नबनेको आरोप लगाएका छन् ।

मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले सरकारका मन्त्रीहरुले संसदको रोष्ट्रमलाई राष्ट्रसेवकहरुका बारेमा तथानाम बोल्नका लागि प्रयोग गरेको आरोप लगाए ।

उनले प्रतिपक्षले खबरदारी गर्नेकुरा स्वभाविक रहेको भन्दै सरकारले प्रतिप्रश्न गर्नेकुरा शोभनीय नहुने बताए । ठेक्काहरुमा सेटिङ हुने गरेको भन्दै सरकारको जवाफ माग गरे ।

उनले भने, ‘सरकारका मन्त्रीज्युहरुले संसदमा आएर राष्ट्रसेवकको बारेमा किन प्रश्न उठाइदिएको भनेर हामीलाई प्रतिप्रश्न गर्नुभयो । बडो अचम्म छ । राष्ट्रसेवकहरुका बारेमा भण्डाफोर गर्ने, तथानाम बोल्ने यो संसदको रोष्ट्रम हो र मन्त्रीज्युहरुको लागि । यो त्यति शोभनीय भए जस्तो लागेन । प्रतिपक्षले त खबरदारी गर्यो । यस्ता विषयहरु उठिरहेका छन् । यस्ता कामहर भइरहेका छन् ।

अहिले पनि सुन्नमा आएको छ । ठेक्काहरु भइरहेका छन्, रकम भुक्तानीका कुरा चलेका छन् । हरेक ठेक्कामा सेटिङका कुरा आएका छन् । यसबारेमा संसदलाई जवाफ दिनुपर्दैन । ओठे जवाफले पुग्छ ? प्रतिप्रश्नले पुग्छ ? सरकार उत्तरदायी र जवाफदेही हुनुपर्दैन ? संसदमा उठेका प्रश्नमा प्रतिप्रश्नले सन्तोष मिल्छ ?’

सांसद बस्नेतले अहिले सरकार प्रश्न गर्दा प्रतिप्रश्न गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट