काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारत जाने भएका छन् ।
उनी ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सस्टेइनबेलीटी’ को वक्ताका रूपमा सहभागी हुन भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा जाने भएका हुन् ।
इन्डिया फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा सहभागी हुन बिहीबार त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।
प्रयागराजमा भइरहेको महाकुम्भको अवसर पारेर शुक्रवार र शनिवार कार्यक्रम आयोजना गरिएको हो ।
प्रतिक्रिया दिनुहोस