२०८३, आषाढ १२ गते

शुक्रवार, आषाढ १२ गते २०८३

जनताको हित र मुलुकको समृद्धिका लागि अध्यादेश ल्याइएको हो, विरोध हुनु चिन्ताको विषय : सञ्चारमन्त्री

बुधवार , फाल्गुण ७, २०८१

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जनताको हित र मुलुकको समृद्धिको पक्षमा ल्याइएको अध्यादेशको विरोध हुनु चिन्ताको विषय भएको बताएका छन् ।

नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री गुरुङले मुलुकको अर्थतन्त्रलाई थप चलायमान बनाउन, सहकारीका क्षेत्रमा देखिएका समस्या सम्बोधन गर्न र सुकुम्बासी समस्या दीर्घकालीन रुपमा समाधान गर्न ल्याइएका अध्यादेशका विरुद्धमा एक भई प्रतिपक्ष विरोधमा उत्रिनु दुःखको विषय हो भने ।

राष्ट्रिय समाचार समिति (रासस) को ६४औँ वार्षिकोत्सव समारोहलाई आज सम्बोधन गर्दै उनले अध्यादेशभित्र भएका विषयवस्तुमाथि टीकाटिप्पणीसहित विरोध हुनुपर्नेमा त्यो नभई एकोहोरो अध्यादेशका बारेमा मात्र विरोध भएकामा आश्चय व्यक्त गरे ।

मन्त्री गुरुङले जनताको सेवा गर्न, विकास निर्माणलाई गति दिई स्थायित्व प्रदान गर्न, भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन कायम गर्न ल्याइएको अध्यादेश पास गर्नुको विकाल्प नरहेकोमा जोड दिँदै समग्रमा देश र जनतालाई केन्द्रमा राखेर ल्याइएको अध्यादेशका पक्षमा साथ दिन सबै राजनीतिक पार्टीहरूसँग आग्रह गरे ।

विभिन्न कालखण्डमा मुलुकमा भएका आन्दोलनबाट देशको शासन व्यवस्था र प्रणाली फेरिए पनि पुराना कानुन र नीति परिवर्तन नभइदिँदा अपेक्षा गरिएअनुसारको परिणाम दिन नसकेको स्पष्ट गर्दै सञ्चारमन्त्री गुरुङले अब शासन व्यवस्थाअनुसार कानुन परिवर्तन गर्नुपर्ने समय आएको बताए ।

संविधानको भावनाअनुसार सरकारका सबै निकाय पूर्ण लोकतान्त्रिक र समावेशी हुनुपर्नेमा जोड दिँदै उनले प्रजातन्त्रमा विधिको शासनसहित स्वच्छ प्रतिस्पर्धा हुनुपर्नेमा त्यो नभइदिँदा लोकतन्त्र ‘ट्र्याप’मा परेको होकी भन्ने कोणबाट टीकाटिप्प्पी हुनेगरेको बताए ।

हाम्रो प्रदेश सरकार, पालिका, समग्र प्रहरी प्रशासन हाँक्ने व्यक्तिको कार्यशैली र आचरण ठीक हुनुपर्ने धारणा व्यक्त गर्दै उनले पुराना संरचनालाई नयाँ व्यवस्थाअनुरुप लोकतान्त्रिक र विधिसम्मत बनाउनुपर्नेमा जोड दिए ।

“हामीले नीति र कानुनी व्यवस्थामा परिवर्तन ल्याउन नसक्दा मुलुकले सोचे अनुकूल उपलब्धि हासिल गर्न सकेन”, मन्त्री गुरुङले भने, “अहिले हामीले आवश्यक नीति रुपान्तरणमा जोड दिएका छौँ ।”

पछिल्लो समय हामीले ल्याएको लोकतन्त्र खतरामा पर्न लागेको महशुस गरी नेपाली कांग्रेस र नेकपा एमालेजस्ता दुई ठूला राजनीतिक दलको गठबन्धन गर्नुपरेको हो भन्दै विकास र समृद्धिसहित लोकतन्त्रलाई सुनिश्चित गर्न वर्तमान सरकार सफल हुने विश्वास व्यक्त गरे ।

मन्त्री गुरुङले सरकारी सञ्चारमाध्यमलाई अझ व्यवस्थित र समयानुकूल बनाउन मन्त्रालय सधैँ सकारात्मक रहेको बताए ।

मन्त्री गुरुङका अनुसार सरकारी मातहतका सञ्चारमाध्यम् जनताको सूचना सेवाप्रति उत्तरदायी हुनुपर्ने बताउँदै राससले उक्त भूमिका प्रभावकारी ढङ्गले निर्वाह गर्दै आएको छ ।

मन्त्री गुरुङले राससले दीर्घकालीन महत्वका काम गरेकामा खुसी व्यक्त गर्दै चौबिसैँ घन्टा सेवा प्रवाह, मिडिया सङ्ग्रहालयको सुरुआत गरी समाचार बुलेटिन कक्ष सर्वसाधारणका लागि खुला गर्ने, समावेशी भाषामा सेवा विस्तारलगायतका रचनात्मक एवं सिर्जनात्मक काम गरेकामा राससलाई धन्यवाद दिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट