
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले संघीय सदनमा टेबल गरिएको नेपाल प्रहरी सम्बन्धी विधेयकबारे छलफल गर्नका लागि नेपाल प्रहरीका पूर्व विशिष्ट कर्मचारीहरूसँग अन्तरक्रिया गरेका छन् ।
आज नेपाल प्रहरी क्लब प्रदर्शनीमार्गमा रास्वपा सांसदहरूले अन्तरक्रिया गरेका हुन् ।
उक्त छलफलमा नेपाल प्रहरीका पूर्व विशिष्ट कर्मचारीहरु प्रकाश अर्याल, कमल सिंह बम, केदार साउद, बम बहादुर भण्डारी र सुरेन्द्र शाह थिए ।
त्यस्तै, रास्वपार्टीका सांसदहरु डा. चन्दा कार्की, मनिष झा, सुमना श्रेष्ठ, गणेश पराजुली, अशोक चौधरी, लक्ष्मी तिवारी र बिन्दबासिनी कंसाकार लगायत सचिवालयका तर्फबाट संशोधन तयारीमा आबद्ध कर्मचारीहरू पनि उपस्थित थिए ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend