२०८३, आषाढ १२ गते

शुक्रवार, आषाढ १२ गते २०८३

रास्वपाद्वारा ‘नेपाल प्रहरी सम्बन्धी विधेयक’बारे प्रहरीका पूर्व विशिष्ट कर्मचारीहरूसँग अन्तरक्रिया

बुधवार , फाल्गुण ७, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले संघीय सदनमा टेबल गरिएको नेपाल प्रहरी सम्बन्धी विधेयकबारे छलफल गर्नका लागि नेपाल प्रहरीका पूर्व विशिष्ट कर्मचारीहरूसँग अन्तरक्रिया गरेका छन् ।

आज नेपाल प्रहरी क्लब प्रदर्शनीमार्गमा रास्वपा सांसदहरूले अन्तरक्रिया गरेका हुन् ।

उक्त छलफलमा नेपाल प्रहरीका पूर्व विशिष्ट कर्मचारीहरु प्रकाश अर्याल, कमल सिंह बम, केदार साउद, बम बहादुर भण्डारी र सुरेन्द्र शाह थिए ।

त्यस्तै, रास्वपार्टीका सांसदहरु डा. चन्दा कार्की, मनिष झा, सुमना श्रेष्ठ, गणेश पराजुली, अशोक चौधरी, लक्ष्मी तिवारी र बिन्दबासिनी कंसाकार लगायत सचिवालयका तर्फबाट संशोधन तयारीमा आबद्ध कर्मचारीहरू पनि उपस्थित थिए ।

No description available.

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट