
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेकपा (एमाले) का उपमहासचिव पृथ्बीसुब्बा गुरुङले पार्टी संगठनहरुभित्र दक्षिणपन्थी अवसरवाद मौलाउदै गएको बताएका छन् ।
बुधबार नेकपा (एमाले) निकट प्रेस चौतारी नेपाल एशोसिएशन प्रदेश समितिको अधिवेशनमा बोल्दै सञ्चारमन्त्री गुरुङले यस्तो बताएका हुन् । उनले संठनका सदस्यहरु अनुशासनमा नबस्ने र विभिन्न बहानामा आवश्यक कारबाही गर्ने प्रवृत्ति बढेको बताए ।
उनले आफूले सपथ खुवाएको र आफन्त भएको र नातागोता पर्ने बहानामा अनुशासन विपरित काम गर्ने संगठित सदस्यलाई कारबाही नगर्ने उदारवादको प्रवृत्तिको विकास हुँदै गएको उल्लेख गर्दै यस्तो गर्न नहुने बताए । संगठनमा रहेका खराब व्यक्तिहरुलाई समयमै निकाल्न नसके संगठन नै ध्वस्त हुने उनको भनाइ छ ।
उनले भने, ‘पार्टीभित्र रहेको दक्षीणपन्थि अवसरवाद हो । अवसरवादका कस्ता अखालका प्रवृतिहरु छन् तपाईलाई थाहा छ ? व्यक्तिवाद दक्षिणपन्थी अवसरवादको पहिलो प्रवृत्ति हो । त्यसका बारेमा मैले व्याख्या गर्नै पर्दैन । अर्को, उदारवाद । विभिन्न बाहानामा आफ्नो हो भनेर कारबाही नगर्ने प्रवृत्ति मौलाउदै गएको छ । बोरामा कुहिएको एउटा आलुलाई समयमै निकालिएन भने सिंगो आलुलाई ध्वस्त बनाएझै संगठनभित्र रहेको खराब प्रवृतिको मान्छेलाई निकाल्न सकिएन भने सिंगो संगठनलाई नै ध्वस्त बनाउँछ । यो चाहीँ उदारवाद हो ।’
अनुशासन बिना कुनैपनि लडाईं जित्न नसकिने उल्लेख गर्दै उनले पार्टी निकट संगठनका सदस्यहरुलाई अनुशासनमा बसि पार्टी निर्णयअनुसार काम गर्न आग्रह गरे ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend