
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको भारत भ्रमण रद्द भएको छ । देउवाको बिहीबार भारत जान तय भएको कार्यक्रम रद्द भएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।
प्रयागराजमा शुक्रबार र शनिबार हुने इण्डिया फाउण्डेसनको ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सस्टेइनबेलीटी’ कार्यक्रममा वक्ताको रुपमा सहभागी हुन देउवा भारत जाने तयारीमा थिए ।
भारतमा कुनै उच्चस्तरीय भेटघाट नहुने देखेपछि देउवाले यो कार्यक्रम स्थगित गरेको जनाइएको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend