बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

विकासको मोडेलमा परिवर्तन गर्न नसक्दा योजनावद्ध विकास हुन सकेन : मन्त्री दाहाल

विकासको मोडेलमा परिवर्तन गर्न नसक्दा योजनावद्ध विकास हुन सकेन : मन्त्री दाहाल

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले विकासको मोडेलमा परिवर्तन गर्न नसक्दा योजनावद्ध विकास हुन नसकेको बताएका छन् । बिहीबार काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको १० औं नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनीको शुभारम्भ गर्दै मन्त्री दाहालले यस्तो बताएका हुन् ।

उनले विकास निर्माणका कामहरु अगाडि बढाउनका लागि प्राथमिकता निर्धारण गर्न जरुरी रहेको बताए । उनले विकास निर्माणका आयोजनाहरुको सन्दर्भमा जनघनत्व र उपभोक्ताको आधारमा प्राथमिकता निर्धारण गर्नुपर्ने बताए ।

उनले मुलुकलाई समृद्ध बनाउनका लागि स्थानीयको उत्पादन शहरसम्म पुर्याउनका लागि आवश्यक सडक र बाटो निर्माण सरकारको प्राथमिकतामा रहेको समेत बताए । उनले नेपाल ठूलो अर्थतन्त्र भएका दुई देशको बीचमा रहेको उल्लेख गर्दै ति देशका सीमा नाकामा सहज आवतजावतको वातावरण समेत बनाउनुपर्ने बताए ।

उनले भारतसँगको नाकामा नेपाली नागरिकको सहज पहुँच भएको उल्लेख गर्दै चीनसँगका नाकाबाट सहज रुपमा वस्तुको आयात र निर्यात गर्ने वातावरण बनाउनुपर्ने बताए । उनले वस्तुको लागि एकदेशसँग मात्र निर्भर हुने अवस्थाको अन्त्य गर्न सरकार लागिपरेको समेत दाबी गरे ।

उनले भने, ‘अहिले हामीले विकासका मोडलहरुमा पनि हेरफेर गर्नुपर्ने भएको छ । हामीले योजनावद्ध विकास गर्न सकेका छैनौं । योजना आयोगले विकासका आयोजनाहरु अगाडि बढाउने भएपनि योजनाअनुरुप काम हुदैन । अब त्यस्ता कुराहरुलाई अन्त्य गरेर मैले चाहीँ के सोचेको छु भने विकास निर्माणका कामहरु अगाडि बढाउँदाखेरि प्राथमकिता निर्धारण गर्नुपर्दछ । पहिलो प्राथमिकता धेरे जनघनत्व भएको, मानिसको आवागमन धेरै हुने क्षेत्रलाई दिनुपर्छ । दोस्रो, जनताका उत्पादनहरु शहर र बजारसम्म ल्याउने वातावरण हुनुपर्यो ।

अर्को, हामी दुई ठूलो अर्थतन्त्र भएका देशका बचिमा छौं त्यसकारणले ति देशका सीमानाहरुमा रहेका सामान आयात गर्ने र निर्यात गर्ने वातावरण निर्माण गर्ने र कसरी हामीले अरु देशका उत्पादनहरु हाम्रो देशमा ल्याउनसक्छौं । चीनसँगको नाकालाई हामीले अब प्राथमकिता दिन्छौं । कुनै एक देशसँग मात्र निर्भर हुन नपरोस् भन्नका लागि सबै नाकाहरुमा एक्सेस बढाउने काम गर्छौं ।’

बिहीबारबाट शुरु भएको प्रदर्शनी फागुन ११ गतेसम्म सञ्चालन हुनेछ । प्रदर्शनीमा विभिन्न देशका ३ सय भन्दा बढी कम्पनीहरुका १५० बढी स्टल रहेका छन् । प्रदर्शनीमा निर्माण सम्बन्धि उद्योग, कम्पनी, डिलर तथा सब डिलरहरु र विक्रेताहरुले निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनहरुको बारेमा जानकारी लिन पाइनेछ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend