२०८३, आषाढ ४ गते

बिहिवार, आषाढ ४ गते २०८३

भूमि आयोग मुगुका नवनियुक्त सदस्यले लिए शपथ

आइतवार , फाल्गुण ११, २०८१

मुगु । भूमि समस्या समाधान आयोग, मुगुका नवनियुक्त सदस्यले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

आयोगका विज्ञ सदस्यमा नियुक्त प्रबल कुमार चौलागाई, सदस्य डिल बहादुर मल्ल र सुर्य देबी मल्लले आईतबार पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् ।

उनीहरूलाई भूमि समस्या समाधान आयोग, मुगुका अध्यक्ष राम बहादुर रावतले शपथ ग्रहण गराएका छन् । दुई जना नेकपा (एमाले) को कोटाबाट भूमि सम्बन्धी विज्ञ सदस्य र सदस्यमा नियुक्त भएका हुन् भने नेपाली कांग्रेस निकट एक जना भूमि समस्या समाधान आयोग, मुगुका अध्यक्ष र एक जना सदस्य नियुक्त भयका छन् ।

भूमि समस्या समाधान आयोग समन्वय समितिले पूर्णता पायसँगै सबै पक्षको साथ, सहयोग लिएर भूमि सम्बन्धीका समस्या समाधान गर्ने प्रतिवद्धता भूमि समस्या समाधान आयोग मुगुका अध्यक्ष राम बहादुर रावतले व्यक्त गरेका छन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट