२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

प्रहरी कुट्ने अनेरास्ववियुका नेता जोशीसहित ५ जनालाई धरौटीमा रिहा गर्न आदेश

सोमवार , फाल्गुण १२, २०८१

काठमाडौँ । ठमेलमा प्रहरी कुट्ने विद्यार्थी नेताहरूलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । काठमाडौँ जिल्ला अदालतले ठमेलमा प्रहरी कुट्ने अनेरास्ववियुका स्थायी समिति सदस्य कमल जोशी सहित ५ जनालाई अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

जिल्ला अदालतले कमल जोशीसहित ४ जनासँग जनही १० हजार धरौटी माग्ने आदेश गरेको छ ।

आक्रमणमा संलग्न डडेलधुराको गन्यापधुरा–५ घर भएका २२ वर्षीय रमेश फुलारासँग १५ हजार धरौटी माग गरिएको छ भने ताप्लेजुङ घर भएका २५ वर्षीय दिनेश सिग्देल, गोपाल शाही, नविन सिंह ऐर र जोशीलाई जनही १० हजार धरौटी माग गरिएको छ ।

यो समूहले २४ माघको राति ड्यूटीमा खटिएका प्रहरीलाई कुटपिट गरेको थियो । ड्युटीमा खटिएका प्रहरी जवान नगेन्द्रराज विष्ट र हवल्दार जुगलाल घर्ती कुटिएका थिए ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट