आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

पशुपतिनाथ मन्दिर क्षेत्रबाट ७५ जना पक्राउ

पशुपतिनाथ मन्दिर क्षेत्रबाट ७५ जना पक्राउ

काठमाडौं । अवाञ्छित गतिविधि गरेको आरोपमा पशुपतिनाथ मन्दिर परिसरबाट प्रहरीले ७५ जनालाई पक्राउ गरेको छ ।

महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा अवाञ्छित गतिविधि गर्नेहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा उच्छृङ्खल गतिविधि गर्ने, लागूऔषध गाँजा खाएर हो–हल्ला गर्ने तथा अभद्र व्यवहार गर्नेहरूलाई नियन्त्रण लिइएको हो ।

पक्राउ परेकाहरूलाई प्रहरी वृत्त गौशाला र परिसर टेकुमा राखिएको छ । पक्राउ पर्नेहरु सबै पुरुष रहेका छन् ।

पशुपतिनाथ मन्दिर क्षेत्रमा ४ हजार २ सय प्रहरी परिचालन गरिएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend