२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

पशुपतिनाथ मन्दिर क्षेत्रबाट ७५ जना पक्राउ

बुधवार , फाल्गुण १४, २०८१

काठमाडौं । अवाञ्छित गतिविधि गरेको आरोपमा पशुपतिनाथ मन्दिर परिसरबाट प्रहरीले ७५ जनालाई पक्राउ गरेको छ ।

महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा अवाञ्छित गतिविधि गर्नेहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा उच्छृङ्खल गतिविधि गर्ने, लागूऔषध गाँजा खाएर हो–हल्ला गर्ने तथा अभद्र व्यवहार गर्नेहरूलाई नियन्त्रण लिइएको हो ।

पक्राउ परेकाहरूलाई प्रहरी वृत्त गौशाला र परिसर टेकुमा राखिएको छ । पक्राउ पर्नेहरु सबै पुरुष रहेका छन् ।

पशुपतिनाथ मन्दिर क्षेत्रमा ४ हजार २ सय प्रहरी परिचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट