२०८३, आषाढ ४ गते

बिहिवार, आषाढ ४ गते २०८३

रारा घुम्न आएका एकजना पर्यटकको लेक लागेर मृत्यु

सोमवार , फाल्गुण १९, २०८१

मुगु । नेपालकै प्रमुख पर्यटकियस्थल रारा घुम्न आएका एकजना आन्तरिक पर्यटकको मृत्यु भएको छ ।

रारा घुम्न आएका धुलिखेल नगरपालिका–१० काभ्रेपलान्चोक स्थायी ठेगाना भएका ५४ वर्षका भुवन विश्वकर्माको सोमबार विहान लेक लागेर मृत्यु भएको प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले जानकारी दिए ।

जिल्ला अस्पताल मुगुका चिकित्सक नकुल शाहीकाअनुसार मृतक विश्वकर्मा आइतबार राती ९ बजे श्वास फेर्न समस्या भएपछि चेकजाँच गर्न जिल्ला अस्पताल पुगेका थिए । ‘चेकजाँचपछि शरिरमा अक्सिजनको कमी छ, आजको रात यतै अस्पताल भर्ना हुनुस् भन्दा मान्नु भएन, चेकजाँचपछि सल्लेरी फर्कनुभएको थियो तर सोमबार विहान ६ बजे तिर उहाँलाई साथिहरुले एम्बुलेन्समा लिएर आउनुभयो, अस्पताल पुग्दा उहाँको मृत्यु भैसकेको थियो’ चिकित्सक शाहीले भने ।

चिकित्सकको टोलीले ८ बजे उनलाई मृत घोषणा गरेको थियो ।

‘उहाँमा मोटोपन थियो, दमको दिर्घरोगी पनि हुनुहुदोँ रैछ, हिमपात भएको बेला, चिसो मौसम, उच्च हिमाली भू–भागमा अक्सिजनको कमीको कारण लेक लागेर कार्डियो प्रमोनरी एरेष्ट हुँदा उहाँको मृत्यु हुन गएको हो’ चिकित्सक शाहीले भने ।

आइतबार मात्र मृतक विश्वकर्मासहित २५ जनाको टोली रारा घुम्न रारा ताल क्षेत्रमा पुगेको थियो ।

मृतक विश्वकर्माको लाशलाई घर लैजाने की छोरा, छोरी वा श्रीमतीलाई यतै बोलाएर दाहसंस्कार गर्नेबारे साथमा आएका साथीहरुले सल्लाह गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट