बिराटनगर - एमाले मोरङ जिल्ला कमिटिको पदाधिकारीमा नेता विनोद ढकाल समूहका सवै उम्मेदवार निर्वाचित भएका छन् ।
नेकपा एमाले मोरङको १० औं जिल्ला अधिवेशनबाट अजम्वर राई अध्यक्षमा निर्वाचित भएका छन । अध्यक्षमा उम्मेदवार राईले ४४६ मत ल्याए । उनका निकटतम् प्रतिद्धन्द्धी संस्थापन समूह समर्थित राजकुमार ओझाले ४०७ मत ल्याए । राईले ओझालाई ३९ मतान्तरले पराजित गरे । अध्यक्षका दुवै उम्मेदवार सुन्दरहरैचाका हुन ।
उपाध्यक्षमा सागर थापा निर्वाचित भएका छन । उनले ४२२ मत ल्याएर निर्वाचित भएका हुन । उनका निकटतम प्रतिद्धन्द्धी शान्ति लिम्वुले ३९१ मत ल्याइन । लिम्वु निवर्तमान संगठन कमिटी उपाध्यक्ष थिइन ।
सचिवमा सोमराज थापा निर्वाचित भएका छन । उनले ४६२ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्धन्द्धी रविन थापाले ३६८ मत ल्याए । सोमराज थापा निवर्तमान उपसचिव र रविन थापा निवर्तमान सचिव थिए ।
उपसचिवमा सन्तोष बान्तवा राई निर्वाचित भएका छन । उनले ४९० मत प्राप्त गरे । उनका निकटतम प्रतिद्धन्द्धी इर्जालाल राजवंशीले ३११ मत ल्याए । उपसचिवमा उषा झा निर्वाचित भएकी छन । झाले ४१८ मत ल्याइन । उनकि निकटतम प्रतिद्धन्द्धी शिल्पा निराला कार्कीले ४०५ मत प्राप्त गरिन । झा जिसस उपप्रमुख र कार्की विराटनगर महानगर उपप्रमुख हुन ।
जिल्ला सदस्यहरुको भने मतगणना जारी छ । १६५ सदस्य कार्यसमितिका लागि भएको निर्वाचनमा यसअघि ७१ जना निर्विरोध निर्वाचित भएका थिए । फागुन १७ देखि शुरु देखि अधिवेशनमा ९११ प्रतिनिधि मध्ये ८८८ जनाले मतदान गरेका थिए ।
प्रतिक्रिया दिनुहोस